साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उल्टो नेपाल

कोही भ्रष्ट भए मदान्ध कति छन् झोले धुपौरे कति कोही छैन विशुद्ध यो मुलुकमा नेपालका सन्तति बिब्ल्याँटो मति यो अँगालिन पुग्यो खै के गरी के गरी सारा देख्छु उँधै उँधो गति लिने फर्काउने के गरी ।

Nepal Telecom ad

परशुराम पराशर :

याे नेपाल सबै दुरुस्त नभई उल्टाे भयाे के गरी ।
पाए सिक्न कहाँ मनुष्यजनले उल्टाे मताे बेसरी ।
चुत्थो कर्म गरेर नाम जगमा फैलाउँदै छन् पुरा ।
भ्रष्टाचार गरेर सज्जन सबैलाई धसाए छुरा । १

उल्टाे नीति भयाे कि वा जन सबै उल्टै हुने राेग छ
भ्रष्टै भ्रष्ट हुने सबै मुलुकमै दुर्भावकाे याेग छ
धर्ती कम्प भई समस्त जनकाे साताे लिँदै आउँछ
पैराे जान्छ कतै लुसुक्क पहराे बाढी कतै छाउँछ ।२

सानो देश छ थोर छन् जनहरू थोरै छ पैसा पनि
यस्तो देश भए तथापि अति छन् मन्त्री र नेता धनी
पानी पर्छ सधैँ यता सहरमा बाँझाे छ खेती उता
गर्छन् काम विदेशमा बल छँदा फिर्छन् बुढ्याैली हुँदा ।३

नेपाली भन काे छ याे मुलुकमा मान्छे सबै बाँडिए
नेता दुष्ट भएर हाे कि अथवा आफैँ स्वयम् भाँडिए
काेही थारु अरे, मधेशतिरका काेही मधेसी भए
काेही लिम्बु र खुम्बु, बाहुन अरू अन्जानमै टाढिए ।४

कोही भ्रष्ट भए मदान्ध कति छन् झोले धुपौरे कति
कोही छैन विशुद्ध यो मुलुकमा नेपालका सन्तति
बिब्ल्याँटो मति यो अँगालिन पुग्यो खै के गरी के गरी
सारा देख्छु उँधै उँधो गति लिने फर्काउने के गरी । ५

०००
जुराेपानी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
निर्णय

निर्णय

परशुराम पराजुली
आन्दोलन

आन्दोलन

परशुराम पराजुली
मोर्निङ वाक

मोर्निङ वाक

परशुराम पराजुली
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x