साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रेमको हाटबजार !

यति बेला म प्रेमको हाटबजारमा उभिएकी छु । जीवनभरिलाई चाहिने अमूल्य प्रेम किन्नलाई मुटुभरिको माया लिएर बसेकी छु । अँ–हँ दुर्भाग्य, विश्व प्रेम बजारको आधुनिक मार्केटमा ।

Nepal Telecom ad

गायत्री परिराेशनी :

आज प्रेम दिवस अर्थात
फेब्रवरी –१४
हो साँच्ची अहिले
प्रेमको हाटबजार फस्टाएको छ
पिर नमान्नुहोस्,
मूल्यवृद्धि र मुद्रास्फीतिको
किन कि,
प्रेमको मूल्य निकै सस्तिएको छ ।

गुलाबको रातो एउटा,
निर्जीव फूलसँग
किन्न पाइने प्रेम
एक कप, एक प्याक
चिया, कफि र अल्कोहलको
चुस्की सँगै,
निल्न पाइने प्रेम ।

तारे होटलको
सुनसान कोठामा
एकरात विताउन किनिने प्रेम
चटपट, पानीपुरी, रसवरी, गुलाब–जामुन
आदि–आदि
चाहिने र पाइने जति सबै खाँदै
भिरपाखा, जंगल, कुनाकाप्चामा
कसैले नदेख्ने गरी गरिने प्रेम ।

प्रेमको नाटक रचेर
काम र माम दिन्छु भन्दै
प्रेम अनि प्रेमिकाहरुलाई बेचिने प्रेम
यौवनको प्यास मेटाउन
एकाध घण्टालाई
जे–जे माग्छन्,
त्यही– त्यही दिएर
तथास्तु भनिने प्रेम ।
ए हजुर भन्नोस् न हजुरलाई
कति पैसाको कति प्रेम
किनेर दिउँ ?

यति बेला म
प्रेमको हाटबजारमा
उभिएकी छु ।
जीवनभरिलाई चाहिने
अमूल्य प्रेम किन्नलाई
मुटुभरिको
माया लिएर बसेकी छु ।
अँ–हँ दुर्भाग्य,
विश्व प्रेम बजारको
आधुनिक मार्केटमा
मलाई चाहिले
प्रेम भेटिन तैपनि
आज प्रेम दिवस
हामी सबैलाई
चाहिने भन्दा बढी
पाइने भन्दा धेरै
प्रेमको अजर र अमर शुभकामना ॥

०००
स्याङ्जा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Devilal gaihre
Devilal gaihre
1 year ago

मन चसस्क्क गराउने लेख

Nepal Telecom ad
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
1
0
Would love your thoughts, please comment.x
()
x