साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कहाँ आयाे नयाँ वर्ष ?

कहाँ आयाे नयाँ वर्ष नाैलाे खुसी ल्यायाे कैले निराशाकाे भुमरीमा राेमलेर गयाे जैले । भित्ते पात्राे बदलेर वर्ष नयाँ हुने भए भन साथी यस्ता वर्ष जिन्दगीमा कति गए ?

Nepal Telecom ad

रामप्रसाद पन्थी :

नयाँवर्ष आयाे भन्छन् साथीभाइ सबैजना
मैले देख्न सक्या छैन कहिँ कतै नयाँपना ।

आँखा मिची रातैभर पर्खी बसेँ नयाँवर्ष
आशा राखें ल्याउँछ कि जनतामा नयाँ हर्ष ।

रात ढल्याे दिन बित्याे देखिएन नयाँ केही
जुन उहीँ घाम उहीँ हावापानी छाया उहीँ ।

फेरिएको छ कि कतै मानिसकाे आनीबानी
खाेजी हिडें दिनैभर तर भएँ पानी पानी ।

माग्नेहरू माग्दै थिए पसारेर दुई हात
काेही किन दिन्थ्याे तर सित्तै निस्ताे बासी भात ।

हुनेखाने जुटे खाए रक्सी मासु हुक्का तास
हर्षसाथ खर्च गरी नयाँवर्ष पारे खास ।

जिन्दावाद मुर्दावाद यथावत थियाे कतै
आक्राेशकाे आगाे देखें दन्किएकाे जताततै ।

सडकमा आन्दोलन एकपछि अर्को देख्छु
कुम्भकर्ण सरकार निदाएकाे मात्रै भेट्छु ।

काेही भन्छन् व्यवस्था नै फेर्नु पर्याे अब यहाँ
काेही भन्छन् मसानकाे भूतप्रेत जाग्छ कहाँ ?

लाेभीपापी व्यभिचारी तस्करले राज गर्ने
नयाँ वर्ष कैले नयाँ हाेला पाप सफा गर्ने ?

कहाँ आयाे नयाँ वर्ष नाैलाे खुसी ल्यायाे कैले
निराशाकाे भुमरीमा राेमलेर गयाे जैले ।

भित्ते पात्राे बदलेर वर्ष नयाँ हुने भए
भन साथी यस्ता वर्ष जिन्दगीमा कति गए ?

०००
रेसुङ्गा न पा २, गुल्मी
२०८२।०१।०१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
आफनि घाेल आफुइ धेकुन

आफनि घाेल आफुइ धेकुन

रामप्रसाद पन्थी
शहीद ?

शहीद ?

रामप्रसाद पन्थी
म त दान दिन्नँ

म त दान दिन्नँ

रामप्रसाद पन्थी
जेन्जी छाेरीलाई चिठी

जेन्जी छाेरीलाई चिठी

रामप्रसाद पन्थी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x