साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ वर्ष

स्वदेशी विदेशी सबैको भलाइ हुने पार्न थालौं यसै भूमिलाई । दुखी देह छाम्दै हिँडोस् यो वसन्त नहोस् पालुवाको कतैबाट अन्त्य हिजोआज मान्छे नयाँमा रमाए भनेको सुनूँ यो शुभेच्छा चढाएँ ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

नयाँ वर्ष आयो नयाँ सोच आओस्
बढेको छ मैलो तुरुन्तै हटाओस्
निचोर्ने र चोर्ने हराएर जाउन्
न खाना न दाना हुने बाँच्न पाउन ।१ ।

नयाँले लुटेरासुटेरा नराखोस्
र कालाबजारी समातेर जाकोस्
लडाएर हाँस्नेहरूनै लडाओस्
सडाएर नाच्नेहरूनै सडाओस् ।२ ।

कुनाकन्दरामा नयाँ झट्ट जाओस्
जुरुक्कै लडेका कटेरा उठाओस्
चिनोस् आङढाक्नै नसक्ने ढकाओस्
छिटो वस्त्र न्यानो नयाँले लगाओस् ।३ ।

नराम्रा झमेला नयाँले नल्याओस्
मजाले सबैको चुलो बल्न पाओस्
नयाँले नल्याओस् कतै भाँडभैलो
कसैले नपाओस् चियोगर्न दैलो ।४ ।

छिमेकीहरूले तगारो नलाऊन्
कतै निम्नलाई जुकाले नखाऊन्
मझेरी कसैले गरौअँश भन्ला
नयाँले लखेटोस् उचालेर डन्डा ।५ ।

डँढेलो बढेको नखोजेर पानी
नयाँ झैँ नयाँ होस् असाध्यै सुबानी
निजी स्वार्थ बोक्यो भने हुन्छ हानी
सुधारोस् नयाँले सबै तुच्छ बानी ।६ ।

सबै रोग फाल्ने नयाँ जोश आओस्
नराम्रो सुनामी नयाँले नल्याओस्
बिरामी बँचाओस् नपारोस् बिरामी
सकौँ दङ्ग पर्दै सधैं हाँस्न हामी ।७ ।

म नेपालबासी भनूँ गर्व गर्दै
बँचाएर बाचौँ नयाँ जोश भर्दै
अझै वीरताको निकालेर आँट
चढौँ टाकुरोमा सकौँ हेर्न फाँट।८ ।

कतैबाट ऐइया र आथ्था नआओस्
सबै देशबासी मजाले रमाओस्
स्वदेशी विदेशी सबैको भलाइ
हुने पार्न थालौं यसै भूमिलाई ।९ ।

दुखी देह छाम्दै हिँडोस् यो वसन्त
नहोस् पालुवाको कतैबाट अन्त्य
हिजोआज मान्छे नयाँमा रमाए
भनेको सुनूँ यो शुभेच्छा चढाएँ ।१० ।

०००
चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ

देख्छस् डिल्ली तँ

डिल्लीप्रसाद मूलतिहुन
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x