साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ वर्षको नयाँ कामना

सानो टुक्रा अलिअलि गरी देशलाई नभाँचौँ माटो "हीरा" भनन कसरी, गिद्धलाई चढाऔँ ? काली टिष्टा लिपुदशगजा लिम्पिया एक खोजौँ नेपालीको मनमन नयाँ कर्मको वर्ष रोजौँ ।।

Nepal Telecom ad

नदी भट्टराई :

आयो रम्दै नवकिरणमा वर्ष अर्को नयाँ भै
पालै पालो चिजबिज यहाँ फेरिँदैछन् नयाँ भै
भन्लान् कल्ले प्रकृति अब यी बेहुलीझैँ नबन्ली
छायो सारा सुखसयलका बिम्ब बन्दै वसन्ती ।।१।।

यो हो यौटा नवयुग कला वासनाको गह्रा हो
सोच्नै पर्ला कठिन पलमा चेतनाको जरा हो।
लागौँ हामी तनमन दिई देशलाई उचालौँ
हत्याहिँसा अवनिभरका द्वेषईर्ष्या उखालौँ ।।२।।

बाटोघाटो सडकबिजुली भोग्न पाउन् सबैले
शिक्षा पाई असल र ठुला बुझ्न पाउन् तिनैले ।
जोजो रोए विगत दिनमा न्याय साथी नपाई
हाँसुन् आजै हरबखतमा सत्य कानून पाई ।।३।।

एकै शिक्षा सबतिर दिऊँ पुर्न खाल्डो गरीबी
एकै अर्थी सबतिर बुझुन् दक्ष बन्नेछ रीति
खुल्ला बाँचुन् हृदय खुकुलो पार्न जानुन् सबैले
मान्छे मान्छे गुण र ममता बाँड्न जानुन् हियोले ।।४।।

खाली रोयौँ हृदयभरिका चेतना मन्द बन्दा
आफू नाप्यौँ तरल मनका जोशले मात लाग्दा ।
फैली जाउन् प्रगतिपथ जो मर्मको हर्षमा यो
हाम्रा गल्ती विगत दिनका सुघ्रिउन् वर्षमा यो ।।५।।

सानो टुक्रा अलिअलि गरी देशलाई नभाँचौँ
माटो “हीरा” भनन कसरी, गिद्धलाई चढाऔँ ?
काली टिष्टा लिपुदशगजा लिम्पिया एक खोजौँ
नेपालीको मनमन नयाँ कर्मको वर्ष रोजौँ ।।६।।

०००
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x