साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वर्ष बयासी आयो

वासन्तीको रङ्ग सुनौलो, सौम्य खुली रङ्गायो दिव्यपनाको राग बटुल्दै, मुक्त गलाले गायो घरघर दीपक भव्य बलेका, देख्दा आत्म रमायो यस्तो सुन्दर नव्यपलामा, साल बयासी आयो ।

Nepal Telecom ad

विदुर अधिकारी :

डाँडापाखा उपवन सबमा,दिव्य वसन्ती छायो
छमछम नाच्दै प्रेम पुकार्दै,धर्ती झन् मुस्कायो
के भो जगमा आज अनौठो, भाव नयाँ बर्सायो
एकासीको गरी बिदाई, वर्ष बयासी आयो
(१)

हरिया वनमा डाँफे नाच्दै, सबतिर मोह फिँजायो
रनवन चर्दै कोकिलले झन्, नौलो राग सुनायो
हात्तीले जब अति खुस बन्दै,आफ्नो चाल बढायो
खोली घुम्टो हाँस्दै नौलो , वर्ष बयासी आयो
(२)

व्योमतलामा बादल फाट्दा,चन्द्रकला मुस्कायो
चन्द्रकलाको दिव्य पलामा, भव्य कला फस्टायो
यस्तो सार्थक स्वर्णिम युग नै, हेर धरामा छायो
सबतिर रौनक छर्दै नौलो, वर्ष बयासी आयो
(३)

झरनाले पनि धर्ती चुम्दा, नाद गजब घन्कायो
दिव्य नदीको कन्चन जलमा माछो हेर रमायो
स्रष्टाको सत् काव्यकलाले जगमा रौनक ल्यायो
यस्तो सुन्दर प्रहर नियाल्दै, साल बयासी आयो
(४)

वासन्तीको रङ्ग सुनौलो, सौम्य खुली रङ्गायो
दिव्यपनाको राग बटुल्दै, मुक्त गलाले गायो
घरघर दीपक भव्य बलेका, देख्दा आत्म रमायो
यस्तो सुन्दर नव्यपलामा, साल बयासी आयो ।
(५)

०००
रामपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सासू-मुमा

सासू-मुमा

विदुर अधिकारी
वृद्ध जोडी

वृद्ध जोडी

विदुर अधिकारी
वृद्ध जोडी

वृद्ध जोडी

विदुर अधिकारी
सफल वृद्ध बनौँ

सफल वृद्ध बनौँ

विदुर अधिकारी
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x