साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मङ्गलमय शुभकामना 

उमङ्ग ल्याऊन् ऋतु वार बेला । हटेर जाऊन् ननिका झमेला ।। विनम्र बन्दै रवि वन्दना छ । नेपाललाई शुभकामना छ ।।

Nepal Telecom ad

जगदीश्वर पाेखरेल :

सदा सुनाउन् खग रम्य भाखा ।
पहाड हाँसून् हिम शैल पाखा ।।
अभावमा शोषण हुन्न हर्ष ।
अन्याय जालो‘ नव’ फाल‘ वर्ष’ ।।१

गुराँस लाली तनमा सजाऊ ।
नेपालको शान अझै बढाऊ ।।
नवीन सन्देश विचार साझा ।
लिएर आऊ नववर्ष बाजा ।।२

अभाव जे छन् सब देश भर्छ ।
छन् भ्रष्टचारी जति फाल्नुपर्छ ।।
विचार कालो नित लिन्छ गोही ।
भोका र नाङ्गा हुनु हुन्न कोही ।।३

उत्साह ल्याओस् नव कर्म गर्न ।
होस् एकता दिव्य अभाव भर्न ।।
नवीन पात्रो छवि लेख्छ कर्म ।
विक्री नहोस् कत्ति इमान धर्म ।।४

उमङ्ग ल्याऊन् ऋतु वार बेला ।
हटेर जाऊन् ननिका झमेला ।।
विनम्र बन्दै रवि वन्दना छ ।
नेपाललाई शुभकामना छ ।।५

०००
लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
सबै पाका मान्छे …

सबै पाका मान्छे …

जगदीश्वर पाेखरेल
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

जगदीश्वर पाेखरेल
के फूल फुल्लान् बागमा

के फूल फुल्लान् बागमा

जगदीश्वर पाेखरेल
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x