साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ वर्षले हर्ष ल्याओस् धरामा

कडा चालबाजी, नहोस् खेल झेल। बढोस् कोष हाम्रो, सधैँ सालसाल।। छली कर्म क्रीडा, नहून् योजनामा। नयाँ वर्षले शान्ति, ल्याओस् धरामा।।

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल `जस्ताघरे´

युवाजोस हाम्रा, पुगे बालुवामा ।
नयाँ शक्ति को भर्छ यो पालुवामा।।
दशा रोग चिन्ता, हटून यो धरामा ।
नयाँ वर्ष छाओस्, चनौटे गरामा ।।-१

यहाँ भ्रष्ट रम्छन्, छली मामिलामा ।
बढेको छ पीडा, कुना कन्दरामा ।।
युवा वृद्ध वृद्धा, जुटून् वन्दनामा।
नयाँ वर्षले हर्ष ल्याओस् धरामा ।।-२

भला साधु लाग्छन्, उँचा भावनामा।
डुबे ठालु हाम्रा, वृथा साधनामा।।
नयाँ शिल्प जागोस्, कला सिर्जनामा।
युवा शक्तिशाली, बनून् यो धरामा ।।-३

फलून् अन्नबाली, तराई गरामा ।
रमून् याक चौँरी, हिमाली धरामा।।
गढी लेक बेँसी, उकाली कुनामा ।
नयाँ वर्ष छाओस्, पहाडी धरामा।।-४

सुगा कोइलीले, मिठा गीत गाऊन्।
चिबे काग मैना, र डाँफे रमाऊन् ।।
जरायो खरायो, दगुर्छन् वनैमा ।
नयाँ वर्ष हाँसोस्, यहाँको धरामा।।-५

ठगी दुष्ट जाली, हटून् धूर्त डाँका।
सबै सर्वहारा, बनून् एकढिक्का।।
युवा पङ्क्ति लागून्, कडा साधनामा।
नयाँ वर्ष छाओस्, यहाँको धरामा।।-६

कडा चालबाजी, नहोस् खेल झेल।
बढोस् कोष हाम्रो, सधैँ सालसाल।।
छली कर्म क्रीडा, नहून् योजनामा।
नयाँ वर्षले शान्ति, ल्याओस् धरामा।।-७

०००
बट्टार, नुवाकोट । हाल: बालाजु, काठमाडौँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x