साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ वर्षको शुभकामना !

हामी सबैको प्यारो नयाँ वर्ष अरुले गरेका प्रगतिलाई मिठो मानेर चाख्न सक्नु । आफ्ना सन्तानलाई आफ्नै घरमा राख्न सक्नु ॥ आतुुर छौँ हामी तिमीलाई अङ्कमाल गर्न सुख, शान्ति र समृद्धिको अमुल्य शुभकामना ॥

Nepal Telecom ad

गायत्री  परिराेशनी :

प्यारो नयाँ वर्ष,
सधैँ झै छाँट धेरै पारेर आउनु
अलि–अलि हुन लागेको विकास सबै
मज्जाले झारेर आउनु ।
आफ्नो गल्ति पटक्कै नदेख्नेको
आँखामा फूलो पार्नु ।
चौबिसै घण्टा अरुका कुरा काट्ने
बेरोजगारहरुको आँखामा धूलो पार्नु ॥

नयाँ वर्षले,
बच्चामै मर्ने सरकारको आयु
लामो बनाओस् ।
बढ्दो दण्डहिनतालाई कसक्क
बाँध्ने बलियो खामो बनाओस् ।
कुर्सिमोहका आसेपासे र भरौटेहरुलाई
ठण्डाराम पार्न सकोस् ।
सबै श्रमजिवीहरुको भकारीमा
वर्षौलाई पुग्ने अन्नबाली
भण्डारण गर्न सकोस् । ।

नयाँ वर्षले,
कामचोर, फटाहाहरुलाई
समाजले उच्च सम्मान गर्ने
संस्कारलाई फाल्न सकोस् ।
दीनदुःखीहरुको घरमा
सजिलै चुलो बाल्न सकोस् ॥
प्यारो नयाँ वर्ष
सधैँ झैँ यसपाली पनि
मध्यरातमा टुप्लुक्क आउनु ॥

सधैँ बाठो भएर,
होइनलाई हो र होलाई होइन
भन्ने नयाँ वर्ष,
यसपटक निकै सोझो हुनु ।
जे–पर्छ, परेको जति
हामी नै बेहोरीदिउँला ।
तिमीले त केबल
न्यायलाई मर्न नदिनु ।
सत्यलाई हार्न नदिनु
धमिलो पानीमा माछा मार्न नदिनु,
ठेकीमा पानी राखेर मही पार्न नदिनु ।
बल्ल बल्ल अलिकति भएको
उन्नतीलाई झार्न नदिनु

हामी सबैको प्यारो नयाँ वर्ष
अरुले गरेका प्रगतिलाई
मिठो मानेर चाख्न सक्नु ।
आफ्ना सन्तानलाई
आफ्नै घरमा राख्न सक्नु ॥
आतुुर छौँ हामी
तिमीलाई अङ्कमाल गर्न
सुख, शान्ति र समृद्धिको
अमुल्य शुभकामना ॥

०००
स्याङ्जा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
गायत्रीकुमार चापागाई
गायत्रीकुमार चापागाई
1 year ago

हार्दिक मङ्गलमय शुभ कामना

Nepal Telecom ad
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
1
0
Would love your thoughts, please comment.x
()
x