साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झाँक्रीको फुकफाक

गर्ज्यो शङ्ख फुकेर जो समरमा भाग्ला सिपाही कता झाँक्रीको फुकफाक गर्न निहुरेँ सामर्थ्य दे शारदा प्वालैप्वाल हुने वरिष्ठ कविका छन् कट्टु गाँस्दैछु म हाँसेरै म मरेँ मरेपछि अझै खित्केर हाँस्दैछु म ।

Nepal Telecom ad

हिरा भट्ट :

चिन्ने चिन्दछ चिन्नुपर्छ दुलही घुम्टो नखोले पनि
बोल्ने बोल्दछ बोल्नुपर्छ बबुरो बोल्ने नबोले पनि
बोरा अक्षरका भरिस् पवनले हल्ला गर्‍यो पातमा
बास्सा चाल चलिस् बिचार नगरी एक्का लिएँ हातमा
।१।

हात्तीतुल्य ठुला वरिष्ठ कविजी डुब्दा हिरातालमा
भाग्छन् कट्टु समाउँदै लुकिलुकी अन्फ्रेन्डका पालमा
तालीको किनबेच गर्न जहिल्यै ठेक्का नहोस् साहुजी
होलान् छन्दबजार बन्द कतिका हेक्का रहोस् साहुजी
।२।

तेरै मालिक भन् ठूलो जब गधा खान्छस् उसैको भुसा
विद्यावारिधि खामभित्र कति छन् मत्ता बनेका मुसा
काँकाँकाँ गुँडभित्र गर्छ गुटझैँ कौवाहरूको मित
पढ्दैछस् कमिलो छ शब्द धमिलो चस्मा लगा पण्डित
।३।

माला माग्न बिहान साँझ जसले संस्थाहरू धाउँछ
हात्तीको पथ छेक्न एक कमिलो गर्जेर पो आउँछ
बल्ला आँगनमा अवश्य बिजुली खम्बासँगै तार हेर्
गाई हेर् थुन हेर् वरिष्ठ कविजी झन् दूध हेर् धार हेर्
।४।

गर्ज्यो शङ्ख फुकेर जो समरमा भाग्ला सिपाही कता
झाँक्रीको फुकफाक गर्न निहुरेँ सामर्थ्य दे शारदा
प्वालैप्वाल हुने वरिष्ठ कविका छन् कट्टु गाँस्दैछु म
हाँसेरै म मरेँ मरेपछि अझै खित्केर हाँस्दैछु म ।
।५।

०००
णणण

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x