साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पोसाक माहात्म्य

संसद् हलमा कुर्ची उठ्दा चुरा फुट्दा लिपिस्टिक मुसुक्क हाँस्छन् । फरिया चोली दोहोरीतिर हिल जुत्ताले पिरथी गाँस्छन् बिचरा कछाड घलेकको खोजीमा सुइय्य सास फेर्छ ।

Nepal Telecom ad

तिलकराज शर्मा पाैडेल :

साडीले संक्षेपीकरण गर्दै मिनी स्कट बनेछ ।
अपाङ्ग इस्टकोट अतास्सिदै आईलभ यू भनेछ
सुरुवालले आत्महत्या गर्न इककजार टनटनी कसेछ
उलन सटले थाहापाई म्याक्सीलाई दुई चड्कन कसेछ ।

नारी दमनको विरुद्धमा ब्लाउजको बैठक बसेछ
ठीक त्यसैबेला कालोटोपी अनुगमन भनेर पसेछ
धरधरी चिरिएको पिरले कुर्था मूर्छा परिछन्
पारदर्शिताको ध्वांस दिँदै सल अलि तल झरिछन्
उता मोजा सुरक्षा खोज्दै कालो बुटको खोजीमा
पाएल चप्पल टुलुटुलु हेर्छ ।

तनेभोटो पसिना चुहाउँदै सुइय्य सास फेर्छ
दौरा सुरुवाल सिंहदरबारतिर
कोटले चलाखी खेल्छ
कहिले सट कहिले सुट गोरो टाईले एम सिसी पेल्छ
गलबन्दीको मात्र हैन हजुर छत्रे टोपीको पनि खेल्छ ।

छिमेकी पाइजामा लिपुलेक जोत्छ
के हेरेर बस्याछस् ढाकाटोपी भनेर चाङ्ची सोध्छ
सेन्डो गन्जी भित्र भत्रै मुरमुरिन्छ कट्टु जिल्ल पर्छ
पकेट रुमालले शान्ति शान्ति भनेको कल्ले सुन्ने गर्छ ।

नङपालिसको अव्यावहारिक आरक्षण
पेटीकोटको त्येत्तिस पर्सेन्ट
गणतन्त्रले ढपक्क ढाक्दा ।

संसद् हलमा कुर्ची उठ्दा चुरा फुट्दा
लिपिस्टिक मुसुक्क हाँस्छन् ।
फरिया चोली दोहोरीतिर
हिल जुत्ताले पिरथी गाँस्छन्
बिचरा कछाड घलेकको खोजीमा सुइय्य सास फेर्छ ।
जमाना समानुपातिकको भयो हजुर
जाबो इस्टकोटको उर्दी कसले टेर्छ ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मलाई के रोग लाग्यो कुन्नि ?

मलाई के रोग लाग्यो...

तिलकराज शर्मा पाैडेल
पूरक बजेटमा पार्टीको प्रभाव

पूरक बजेटमा पार्टीको प्रभाव

तिलकराज शर्मा पाैडेल
फुटकर फाँकीहरू

फुटकर फाँकीहरू

तिलकराज शर्मा पाैडेल
नाइटो महात्म्य

नाइटो महात्म्य

तिलकराज शर्मा पाैडेल
दौरासुरुवाल र टोपी आतङ्क

दौरासुरुवाल र टोपी आतङ्क

तिलकराज शर्मा पाैडेल
अध्यक्ष हूँ म

अध्यक्ष हूँ म

तिलकराज शर्मा पाैडेल
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
कहाँ छ प्रतिशाेध ?

कहाँ छ प्रतिशाेध ?

चन्द्रप्रसाद न्याैपाने
शैतानको बगान

शैतानको बगान

प्रा. कपिल अज्ञात
गधा र मेरो यात्रा

गधा र मेरो यात्रा

तिला लेकाली
0
Would love your thoughts, please comment.x
()
x