साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा सत्य आधा भ्रम- १६

यस्ता प्रकारका ध्यान गर्नेहरुको फोटो खिच्दिने एउटा मान्छे सधैँ जगेडामा हुनेगर्छ। मैले पनि कुनै बेला कसैलाई तस्बिर खिचिदिएर ठूलै गुन लगाएको छु।

Nepal Telecom ad

अर्जुन दाहाल :

नयाँ नयाँ फेसनको जमाना छ आजकाल । खाने/लाउने कुरामा मात्र फेसन नआउने रहेछ। किताब लेख्ने फेसन, गीत लेख्ने फेसन, फिल्म बनाउने फेसन …यस्ता अनेक अनेक। यतै औरिकाको डलर खर्च गरेर कति एल्बम निस्किए ,कति किताब – बौद्धिक फेसनको कुरा नि ! तर मैले आज उठाउन खोजेको फेसनको कुरा चाहिँ योग गरे जस्तो गर्ने फेसन।

पलेंटी कसेर बस्यो, दुई हातका बुढी र चोर औंला जोड्यो अनि आँखा चिम्लिए झैं गर्यो। आँखा चिम्लिएर भर्खरै डेटिङ्ग गरेको पार्टनरको तिघ्राको ट्याटु दिमागमा घुमिरहेको हुनसक्छ तर बाहिरबाट हेर्दा गज्जब ध्यानमा छ चपते माइलो । यस्ता प्रकारका ध्यान गर्नेहरुको फोटो खिच्दिने एउटा मान्छे सधैँ जगेडामा हुनेगर्छ। मैले पनि कुनै बेला कसैलाई तस्बिर खिचिदिएर ठूलै गुन लगाएको छु।

केही दिनअघि नेपालको संसदमा पनि बिरोध गर्ने क्रममा योग गर्नुभएछ ठाननीयहरुले। हामीले चाहिँ योग(योगा) गरेको नभएर बिरोधको घोगा तेर्स्याएको भन्ने ठानियो । यहाँ फोटो मात्र हैन भिडियो खिचिदिने समेत व्यवस्था भएकोले झनै योगको चर्चा भएको छ। सभाका मुखियाका मुखैअगाडि बसेर योग गरेर लामो स्वास तान्ने-फाल्ने गर्दा त देश नै हल्लिने रहेछ। त्यसैले त योगले संसार परिवर्तन गर्न सक्छ भनिएको होला नि। खै! यो योगले गिर्जेमुन्त्री परिवर्तन गर्न सक्छ सक्दैन, कान उघारेर हेरिरहेको छु।

जे होस्, योग नगरे पनि गरे झैं गरेर सञ्जालमा एउटा तस्बिर तेर्स्याउन चाहिँ मन लागेको छ।
“योग तो योगा…नत्र मकैको घोगा”

०००
व्यङ्ग्य लेखक नुन चिनी पानी अमेरिकाका परिकल्पनाकार हुन्।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
0
Would love your thoughts, please comment.x
()
x