साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असारकाे पन्ध्र

असारको पन्ध्र गते धान दिवस् मानाैँ पाँचतारे तिर गई डबकाले हानाैँ । राेप्नु पर्ला एकसरो धान उतै पनि फाेटाे खिच्ने पत्रकार पनि साथै छ नि ?

Nepal Telecom ad

रामप्रसाद पन्थी :

असारकाे पन्ध्र आयाे हाेटलमा जाओैं
गमलामा धान राेपी ठर्रा पार्टी खाओैं ।

भात खाने भातेहरू खेततिर जाऊ
सहर भाे हाम्राे जिम्मा तिम्राे भयाे गाउँ

दिन आए आधुनिक खेत हामी जान्नाैं
सुन खाने वर्ग हामी भात खाँदै खान्नाैं ।

हलाे बाेक्ने हलीहरू बाेकी रहून् हलाे
राष्ट्रवादी हामी खान्छाैं विदेशीकाे कलाे ।

डेरी दिन्छ दही मिठाे दुःख किन गर्ने
हामी हैनाैं च्यूरा खाई भाेकाे भुँडी भर्ने ।

धान राख्ने धनसार राखेका छाैं धन
भकारीमा भन्सारका माल टनाटन ।

छाक जाबाे टरिहाल्छ भासनैले हाम्राे
सात पुस्ता चल्छ याैटै शासनले राम्राे।

सत्ता शक्ति पद पैसा भएपछि जम्मै
विराेधीका बाेल्ने मुख टाली दिन्छौं टम्मै ।

हामीसित गर्याै भने तिमी उठाबसी
दही च्यूरा मात्रै किन ? खान्छाै सिङ्गै खसी ।

झर्काे फर्काे बाेली चर्काे थाल्याै भने गर्न
हाेस गर जेलतिरै पर्ला सडी मर्न ।

धन खेती गर्ने हामी धान किन राेप्ने
कृषि मन्त्री किन खाने गृह नै हाे ठाेक्ने ।

गृहलक्ष्मी पनि खुसी गृह पाए पछि
भेटी हाल्छाै भिजिटकाे भिसा लाए पछि ।

असारको बेलै यस्ताे धन राेप्ने बेला
मसान्तले च्यापी सक्याे कसाे गर्ने हाेला ?

डाेजरले कुना कुनी ताछी हाल साथी
हिलाम्मे छ धान राेप सडककै माथि ।

असारको पन्ध्र गते धान दिवस् मानाैँ
पाँचतारे तिर गई डबकाले हानाैँ ।

राेप्नु पर्ला एकसरो धान उतै पनि
फाेटाे खिच्ने पत्रकार पनि साथै छ नि ?

धान राेप्दा लगाउने सुट टाई देऊ
एकजाेडी पञ्जा पनि राखे एक छेऊ ।

यत्ति गरे नहाेला र कसाे मेरा साथी
मान्छे म त खराे परेँ गर्छु कुरा खाँटी ।

०००
रेसुङ्गा न पा २ गुल्मी
२०८२ असार पन्ध्र, प्रात : काल

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
1 year ago

असार १५ जोसिएर हिलो खेल्न जाउँ। माननीयले महिलाका कुठाउँमा समाउँ।

Nepal Telecom ad
ऋतुदान

ऋतुदान

रामप्रसाद पन्थी
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
बाँदर- बँदेल र बनकर

बाँदर- बँदेल र बनकर

रामप्रसाद पन्थी
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
पाटी पार्टीका कुरा

पाटी पार्टीका कुरा

रामप्रसाद पन्थी
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
1
0
Would love your thoughts, please comment.x
()
x