साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुँगा र मुगा

उँभो फर्केको बटुके जुँगा अरूलाई ठान्छ मुर्ख गुँगा। दस दसको जुँगा हो खोची सिरूपाते जुँगालाई रोजी । जुँगा गहना पुरूषकाे मुगा ओठमाथि रेखी बस्या जुँगा।।

Nepal Telecom ad

सुरेशकुमार भट्ट :

यो हो सात पच्चिसको जुँगा
फुल्दा सेतो तर हैन थुँगा।
राजा विरेन्द्र जुँगा सौखिन
सात पच्चिस सधैं एकिन ।

मर्दको निशान ओठ माथि
युवतीको शोभा छाती माथि।
जुध्द जुँगाको भाउ ताउ भो
रुकि साँढीले सोझै थर्काको।

डा के आई सिं अैले प्रचण्ड
बाँस्जरे जुँगा हुन्छ उद्दण्ड।
डा बाबुराम घोप्टे जुँगाका
विज्ञ अभिमानले दुब्लाका।

माथबरे जुँगा हिम्मत् शान
ठाडा जुँगा छ हिसाबी जान।
सवा नौ मान शान सम्मान
बटारी रहे आहान उखान्।

तेर्सा जुँगा निसाफी,कैलो छ ?
विश्वास छैन पेटै मैलो छ।
काला जुँगा कहाँ कत्तिको छ ?
कैला खस्रा भे बाघ् जत्तिको छ।

मार्क ट्वीन हिटलर लेनिन्
आआफ्ना पहिचान दिँदैछन्
कति त जुँगे लाउँछन् ताउ
जुँगै छैन खोज्छन् तिन्ले भाउ।

जुँगाको महिमा अपार छ
त्यै जुँगा गाड्छ तेही सपार्छ ।
उँभो फर्केको बटुके जुँगा
अरूलाई ठान्छ मुर्ख गुँगा।

दस दसको जुँगा हो खोची
सिरूपाते जुँगालाई रोजी ।
जुँगा गहना पुरूषकाे मुगा
ओठमाथि रेखी बस्या जुँगा।।

०००
काठमाडाैं, हाल – अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हो बाबु हो निगालै काढ्नु टुप्पाड

हो बाबु हो निगालै...

सुरेशकुमार भट्ट
मास छर्ने काईदा, मासियो लिँड्को लाम्दा

मास छर्ने काईदा, मासियो...

सुरेशकुमार भट्ट
ह्या ह्या ! हा हा ! छ्या छ्या !

ह्या ह्या ! हा...

सुरेशकुमार भट्ट
तेरो नाकमा पोतो, तेरो मुखमा मोसो

तेरो नाकमा पोतो, तेरो...

सुरेशकुमार भट्ट
सदाचार नै श्रेयष्कर !

सदाचार नै श्रेयष्कर !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
डर लाग्छ !

डर लाग्छ !

कलानिधि दाहाल
यता र उता

यता र उता

खोलाघरे साहिँलोे
बलात्कृत

बलात्कृत

फित्काैली डटकम
बक्ताे कुतर्क खालि

बक्ताे कुतर्क खालि

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x