साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माेबाइल

माेबाइल हेर्दा युवा बिग्रे भन्छन् पाका देखिदैछन् केटाकेटी राेगी हुन लाका । निकाे छैन समाजकाे चालामाला पनि पछि पछि कस्ताे दिन हुँदै जाला त नि ?

Nepal Telecom ad

रामप्रसाद पन्थी :

थाहै हाेला उहिलेका धेरै ऋषिमुनि
हुन्थे अरे ! निक‌ै ज्ञानी गर्भभित्र सुनी ।

अहिलेका जमानाले पनि यहीँ भन्छ
वंशानुगत गुण उस्काे बालकमा जान्छ ।

राखेपछि माताजीले शिशु गर्भभित्र
सुरूभयाे त्यहीँबाट हाम्राे मार्गचित्र ।

रमाउनु हुन्थ्याे माता माेबाइलसित
सुन्थ्याै हामी रमाइला भाइरल गीत ।

डाक्टरले खान भन्थे पाेषणका कुरा
बेला बेला माताजीले लिनुहुन्थ्याे सुरा ।

झर्काेफर्काे बाेली चर्काे सुन्याैं पिताजीकाे
सिक्याैं कुरा मातापिता आफ्नै गुरूजीकाे ।

जे जे कुरा सिक्याैं हामी बसी भुँडी भित्र
ठ्याक्कै उस्तै पायौं हामी बाहिरकाे चित्र ।

जन्मेपछि दूध खायौं बाेतलकाे तानी
माेबाइल देख्न पायौं कति भाग्यमानी ।

खुवाउदा खाना खाजा माेबाइल हुन्थ्यो
हेर्दाहेर्दै माेबाइल भुँडी टन्न हुन्थ्यो ।

सुरू भए जब हाम्रा इस्कुलका दिन
बाबाआमा हाम्रा आफ्नै विपक्षमा किन ?

भन्न थाले बाबू नानी पढ पढ पढ
जिन्दगीको गाेरेटाेमा अब अघि बढ ।

बाबाआमा माेबाइल हेरी मात्रै बस्ने
हामीलाई पढ भनी नियममा कस्ने ?

हेर्छु म त माेबाइल जेजे भए पनि
साथै हुन्छ माेबाइल जहाँ गए पनि ।

गर्भदेखि लाकाे बानी कहाँ छुट्छ त नि
छाेडिदैन माेबाइल ज्यानै गए पनि ।

छाेडेदेखि बाबाआमा माेबाइल हेर्न
सकेदेखि खुसी हुन्थ्याैं अङ्गालाेमा बेर्न ।

खान्थ्याैं हाेला घरायसी पकाएर खाए
घरैकाले बजारका तिर बानी लाए ।

खानुहुन्न भन्छन् काेही बजारका खाना
कुरा एक काम अर्काे मात्रै तानाबाना ।

माेबाइल हेर्दा युवा बिग्रे भन्छन् पाका
देखिदैछन् केटाकेटी राेगी हुन लाका ।

निकाे छैन समाजकाे चालामाला पनि
पछि पछि कस्ताे दिन हुँदै जाला त नि ?

०००
रेसुङ्गा न पा २, गुल्मी
२०८२।०५।१५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आफनि घाेल आफुइ धेकुन

आफनि घाेल आफुइ धेकुन

रामप्रसाद पन्थी
शहीद ?

शहीद ?

रामप्रसाद पन्थी
म त दान दिन्नँ

म त दान दिन्नँ

रामप्रसाद पन्थी
जेन्जी छाेरीलाई चिठी

जेन्जी छाेरीलाई चिठी

रामप्रसाद पन्थी
प्रभु ! नाक काटेर नकटाे बनाऊ

प्रभु ! नाक काटेर...

रामप्रसाद पन्थी
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x