साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तक

गोहीको आँसु झारेर हुन्छ ? अस्तित्व डगाएपछि ? बेला घर्किन लागिसक्यो अब मेलो भरेर के काम ?

Nepal Telecom ad

ई. कुमार खड्का :

यता देश लुटिए पनि उता भत्तेर चलेकै छ
पीरले आँखा ओसिदा मनमा आगो बलेकै छ
आफ्नै खेत चरन भयो बार भत्काई साँढे पस्दा,
टेकोले ठाउँ छोड्यो घर गोठ ढलेको ढलै छ ।१

व्यापारीले लगानी र प्रतिफलमा ध्यान दिन्छन्
फिर्ती, प्राप्ति हुनेभए दान र अनुदान दिन्छन्
समन्वय, शहकार्यको औपचारिक रीत सँगै,
हैसियतको प्रभाव भए खोजेरै सम्मान दिन्छन् ।२

सम्बन्ध शक्ति सन्तुलनको आधारमा हुने गर्छ
सन्तुलन आपसी विनिमयको सारमा हुने गर्छ
सहानुभूति, चाप्लुसीको हिसाब दिगो हुदैनन्, तर
भ्रममा बाँच्ने दया र भीखको बारमा हुने गर्छन् ।३

कुटनैतिक पहल शून्य छ, रोइलो गरेर के काम ?
जनता झुक्याउने नादानहरु ! गफ छरेर के काम ?
गोहीको आँसु झारेर हुन्छ ? अस्तित्व डगाएपछि ?
बेला घर्किन लागिसक्यो अब मेलो भरेर के काम ?४

आत्मबल दृढ गरौं घरभित्रै चोर बसेको बेला
सक्दो बारबन्देज गरौं स्याल, गिद्द पसेको बेला
पूर्वजको वीरता र बलिदानको ॠण तिर्न निम्ति,
शक्तिपुञ्ज निर्माण गरौं राष्ट्र संकटमा फसेको बेला ।५

०००
आलापोट, काठमाडाैं ।
२०८२/०५/०६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोकान

चार ठोकान

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x