आर.सी. रिजालबुढ्याैलीका दुई कुड्का
अस्ति दाल डढ्यो,आज भात भसक्कै। फेरि कुकरमा चामल भिजाएर राख्याछु। जानुस् पकाउन । अब भान्साको काममा तपाईं पनि आत्मनिर्भर हुनुस्।
आर.सी. रिजाल :
१. साक्षात देवी
रमेशकी आमा सरु सिकिस्त बिरामी । छोरा गर्भमै हुँदै पतिको देहावसान भएको। बिचरीले छोरा हुर्काउन र पढाउन गरेको कस्ट सुनाउने हो भने आँखा नरसाउने कोहि हुँदैनन् होला। तैपनि अन्तिम अवस्थासम्म छोरा बिदेशबाट आइपुगेन।
मृत्यु शैयामा रहेकी सरुलाई छिमेकीहरु — छोरालाई संझने होइन भगवानको नाम लिनुस् भन्दैछ्न् ।यस्ता कुरा उनको कानमा पटक्कै छिरेको छैन्। जिबनभर उनले कहिल्यै झुठो बोलिनन् ।बाँचुन्जेल उनले ईश्वरसंग सधै छोराको भलाइ बाहेक अरु केहि प्राथना गरिनन्। मृत्युपछि यदि साँच्चै भगवानको दर्शन पाइयो भने उनले भन्नुपर्ने एउटा वाक्य मनमनै संझिरहेछिन् –” हे भगवान मेरो छोराले आमाप्रति गर्नुपर्ने कर्तव्य पूरा गरेको छ।त्यसले जिबनमा कहिल्यै दुख भोग्न नपरोस् ।” यसरी छोराको सुखको लागि ईश्वरसंग झुठो बल्न तयार छिन्।
धर्मराजले सरूलाई सोधे — मृत्युशैयामा पुगेर तिमिले किन झुठो बोल्यौ ? छोराको कारण किन स्वर्ग त्याग्छ्यौ? बाचुन्जेल पीडा सह्यौ मृत्युपछि पनि किन पीडा रोज्यौ ?
सरु– महाराज नर्कमा भोग्नुपर्ने पीडाको अभ्यस्त मैले पृथ्वी लोकमा गरिसकेकी हुँदा मलाई खासै फरक पर्दैन।तर मेरो भागमा परेको स्वर्गभोग पछि छोराले पावस्।
धर्मराजले – तिमी आमामात्र होइनौ साक्षात देवी हौ भने ।
२. आत्मनिर्भर
बुढा — ए बुढी ! तिमीले मेरो खल्तीको पैसा झिकेकी हो ?
बुढी — किन सोधेको ? आवश्यक पर्यो झिकेँ।
बुढा — मागेको भए म दिहाल्थेँ ।
बुढी — ए अब ती जमाना गए। भन्ने बेलामा गृहलक्ष्मी हातमा कौडी छैन। तपाईंले मोबाइल किन्देपछि मेरो खर्छ अलि बढेको छ क्या ।
बुढा — मोबाईल नकिन्दे भोकहडताल गरेर प्राण त्याग्छु जस्तै गर्यौ। अनि नकिन्दे र सुखै पाइनँ। मैले त खर्चमा नियन्त्रण गर्न पैसा मसँग माग्नु भनेको मात्र हो।
बुढी –छाड्नुस त्यस्ता कुरा।तपाईंको अगाडि हात फैलाएको ४५ वर्ष भयो। कति परनिर्भर हुनु । मैले पनि आत्मनिर्भर हुन सिकेँ।
* * *
बुढा — ए बुढीमाउ। पेटमा मुसा कुदिसक्यो लौन खाउँ।
बुढी — पर्खनुस् न, एउटा टिकट्क बनाउदै छु। हामी पानीसमेत नपिइ तिजको व्रत बस्न सक्छौं । तपाईंहरु एकछिन भोक खप्न सक्नु हुन्न ?
* * *
बुढा –हैन, फिल्म नै सुटिङ गर्न लाग्यौ कि कसो ? एकघन्टा भैसक्यो। खाउँ न हो अब त ! बुढी – खायौ भात । पसलेसँग बोल्न डर लाग्छ कि क्या हो ? ग्यास हेरेर ल्याउन पर्दैन। अस्ति दाल डढ्यो,आज भात भसक्कै। फेरि कुकरमा चामल भिजाएर राख्याछु। जानुस् पकाउन । अब भान्साको काममा तपाईं पनि आत्मनिर्भर हुनुस्।
बुढा नाजवाफ भए।
०००
हेटाैंडा, मकवानपुर
Subscribe
Login
0 Comments
Oldest





































