साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा

माया गर्छिन् प्रेय सन्तानमाथि आमाजस्ती हुन्छ को अन्य जाती ? आमा हाम्री वायु हुन् प्राणदाता आमा नै हुन् सृष्टिकर्ता विधाता ।

Nepal Telecom ad

बिन्दु दाहाल मूकदर्शक :

आमा हाम्री सूक्ष्म भित्री जरा हुन्
हामी बाँच्ने सिर्जनाकी धरा हुन्
शिक्षादीक्षा ज्ञानकी पुञ्ज ज्ञाता
आमा नै हुन् सृष्टिकर्ता विधाता ।१

माटो पानी जिन्दगीकी कहानी
माता नै हुन् स्निग्ध आभा बिहानी
हाँस्दै खेल्ने आँगनीतुल्य हाता
आमा नै हुन् सृष्टिकर्ता विधाता ।२

विद्या बाँड्ने काव्यकी सिन्धुजस्ती
प्यारी नानी नेत्रकी विन्दुजस्ती
आस्था लेख्ने प्रेमकी पूज्य खाता
आमा नै हुन् सृष्टिकर्ता विधाता ।३

यात्री नौली सभ्यताकी सितारा
तिर्खा मेट्ने कर्मकी मिष्ट धारा
इन्द्रेणीको रङ्गजस्तै छ नाता
आमा नै हुन् सृष्टिकर्ता विधाता ।४

माया गर्छिन् प्रेय सन्तानमाथि
आमाजस्ती हुन्छ को अन्य जाती ?
आमा हाम्री वायु हुन् प्राणदाता
आमा नै हुन् सृष्टिकर्ता विधाता ।५

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
हामी

हामी

बिन्दु दहाल ‘मूकदर्शक’
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x