पुरूषाेत्तम सिग्देलचिप्लाे घसेर बाेली छेक्ने
नाना छली कलाले आशा वृथा उमार्छ दागी कलङ्क सारा मेट्ने किनार आयाे

पुरूषाेत्तम सिग्देल :
चिप्लाे घसेर बाेली छेक्ने किनार आयाे
चातुर्यले कि बैरी सेक्ने किनार आयाे
माैका अवश्य चित् पाेट् खेला छ जिन्दगीकाे
चाैका छ दाउ खाली लेख्ने किनार आयाे
छल्छामकाे कला हाे आफन्तमाझ जैले
साेची भविष्य बाटाे देख्ने किनार आयाे
आत्माभिमान फुल्ने पालेर हुन्न दम्भ
खुट्टी दह्रा लुला छन् टेक्ने किनार आयाे
कालाे कि या उज्यालाे हाेस् चित्त देखिँदैन
सच्चा घडी परीक्षा भेट्ने किनार आयाे
नाना छली कलाले आशा वृथा उमार्छ
दागी कलङ्क सारा मेट्ने किनार आयाे
संस्कार भेष भाषा भूगाेल सम्पदा हुन्
प्राणै दिएर आफ्नाे भाेग्ने किनार आयाे ।
०००
काठमाडाैं
२०८२/५/१५ ।
Subscribe
Login
0 Comments
Oldest



































