साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चम्चाको चमत्कार

गरिबीले सगरमाथा चुम्नेभयो पक्का विश्वकीर्ति राख्नेलाई छैन लक्का–धक्का । चम्चाहरू चम्केका छन् चुली चढेका छन्‌ चराहरू चारो खोजी–खोजी उडेका छन् ॥

Nepal Telecom ad

 डा. बमबहादुर थापा ‘जिताली’:

चम्चालाई फुटाउने आफैँ फुटेका छन् ?
प्लेट फुटे पनि चम्चा सधैँ जुटेका छन् ।
चोरलाई चम्चाले नै खानदिन्छ सारा
चम्चालाई चलाउने भए भातमारा ॥

जल्ले खानदिन्छ उतै सर्वहारा लागे
अन्नबाली फलाउने परदेश भागे ।
यही चाला चल्दा–चल्दै देश रित्तो भयो
चम्चागिरी चलेपछि गतिमति गयो ॥

हेर्दाहेर्दै मुलुक यो एसियामा पहिला
खाँदाखाँदै टाउकेको भुँडी भयो घैला ।
यस्तै चाला चल्यो भने भोलि नाङ्गो हुन्छ
देशै नाङ्गो भयो भने सगरमाथा छुन्छ ॥

गरिबीले सगरमाथा चुम्नेभयो पक्का
विश्वकीर्ति राख्नेलाई छैन लक्का–धक्का ।
चम्चाहरू चम्केका छन् चुली चढेका छन्‌
चराहरू चारो खोजी–खोजी उडेका छन् ॥

चम्चाले नै चलायो मुलुक
सारालाई बनायो भावुक ॥

०००
नागार्जुन न.पा.–१, रानीवन, काठमाडौँ
९८४१४९१०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x