साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिंहराज

कवि बाघ बने कवि नै कविता । तब मानव देख्छ कयौं रमिता ।। वन राज्य जितेर हुँडार बसे । किन घायल बाघ थुनेर कसे ।।

Nepal Telecom ad

हेमराज पन्त :

सब जीव डराउँछु बाघ बनी ।
धन भाषण हो अब बस्छु गनी ।।
जलमा घर बन्छ यहाँ म जिते ।
घरका,वनका सब जन्तु चिते ।।

खर खान्न सखे म त खान्छु।
तन,रक्त चुसी तब बन्छ लिटो ।।
न चरा वनमा न छ जीव कुनै ।
सुकिला मुकिला नव दास उनै ।।

बलले तगडा म बसे वनमा ।
म त बाघ बनेर लुके मनमा ।।
न सहोचर साथ बसे बलले ।
म त शासक बन्छु सधैं छलले ।।

पशु राजन् बाघ बनेन भने ।
मरजाद छ देश चिरेर खने ।।
न चुनाव जितेर बसे वनमा ।
न त लोभ थियो धनको मनमा।।

म हिंडे पथमा कति जीव मरे ।
कति नाम सुनेर थरर्र डरे ।।
जब बाँदर बन्छ कथा सबको ।
तब भर्छ कला कविले नभको ।।

कवि बाघ बने कवि नै कविता ।
तब मानव देख्छ कयौं रमिता ।।
वन राज्य जितेर हुँडार बसे ।
किन घायल बाघ थुनेर कसे ।।

०००
पाटन- २, सिलङ्गा, बैतडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सर्वज्ञानी

सर्वज्ञानी

हेमराज पन्त
कविको गुनासो

कविको गुनासो

हेमराज पन्त
नव दास

नव दास

हेमराज पन्त
संघीयता

संघीयता

हेमराज पन्त
लाजमति

लाजमति

हेमराज पन्त
तीन गुलेली

तीन गुलेली

हेमराज पन्त
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
सर्वज्ञानी

सर्वज्ञानी

हेमराज पन्त
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
बन्छौ घमण्डी किन ?

बन्छौ घमण्डी किन ?

बालकृष्ण खनाल
अक्कली

अक्कली

हरि कोर्काली
0
Would love your thoughts, please comment.x
()
x