सुमी लोहनीशुभ–कामना रे… !!
नयाँ वर्षको मङ्गलमय शुभ–कामना ! आशाको त्यान्द्रोमा कठपुतली झैँ तुन्द्रुङ्क झुन्डिई प्राण धान्न विवश प्राणीलाई नयाँ न बेला संवतले केही राहतका पोका–पुन्तुरा देला कि नदेला त्यो त आउँदा दिनहरूमै था होला ! बितेका दिनहरूमा हामीले ६५ हन्डर ६६ ठक्कर ग्वाम्मै ‘को खाई को खाई हामी नै हाम्म’ गरेर आकाशका तारा जत्तिकै अनगिन्ती दुःख र सास्ती आनन्दका साथ भोगिरहेका छौँ । यो कुरो खसो खास ठीक साँच्चो हो कि हैन तपैँ नै फुरुक्क परेर फर्माउनुस् त !
अब ६ त छँदै छ, ७ चैँ बा¥ह वर्ष ढुङ्ग्रामा राखेर सिधा पारेको कुकुरको पुच्छरजस्तै भए पनि हाम्रा देशका अति सिधा र लायक नेताज्यूज्यूनी एक आपसमा मिलून् अनि आपूmले अतीतमा गरेर खोलामा बगाएका वाचा र कुरा इमान्दार भै सम्झेर पूरा गर्नुपर्छ भन्ने सद्बुद्धि चैतको पालुवाजस्तै पलाओस् भन्ने कामना हामी सबै मिलेर गरौँ । त्यसपछि सुन्दरीजलको जल समान रुपले सबैको घरको धाराबाट आइदिए पेटपूजा गर्न ताउलोमा जाउलो पकाइ पेटका मुसा मार्न सकिन्थ्यो भन्ने सबैको चाह र इच्छा पूर्ण होस् । ज्यानमा तरान परेपछि मनमा आशाको टुकी अथवा मैनबत्ती बालेर प्रार्थना गरौँ चञ्चले बिजुलीले माया नमारोस् । सबैलाई माया गर्दै सधैँ आवस् अनि बेला न कुबेला कुलेलम ठोकी झ्याप्प नहोस् ।
बन्दजाम, इँटाढुङ्गा हानाहान सदाका लागि जाम भै बन्द होस् । भ्रष्टाचार घुसखोरी आदिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अचार बनाउने आँट गरोस् । बच्चाहरूले मात्रै हैन नेतानेतृहरूले पनि पेप्सिडेन्टले दाँत माझून् अनि उनीहरूको भनाइ र गराइमा समानता होस् । कसैले पनि नेतानेतृको स्वार्थी सतरंजको गोटी बन्ने नियति भोग्नु नपरोस् । सबैको मनमा देशप्रेमको मूल फुटोस् । खेलमा कहिल्यै झेल नहोस् । आयल निगममा सधैँ तेल होस् । सबै राजनैतिक पाटी बीच एक आपस्मा मेल होस् । देशमा अमन चैन कायम होस् ।
दुई वर्ष आयु भएका सेता हात्ती अब रातदिन खटेरै भए पनि समयमै ब्याऊन् र कसैलाई काखा कसैलाई पाखा नगर्ने सम्पूर्ण नेपालीको मनोभावना समेटिएको स्वस्थ स्वच्छ संविधानलाई जन्म दिऊन् भन्ने सबै नेपालीको मनको इच्छा यस नयाँ वर्षमा मा पूरा होस्, आदि यस्ता धेरैधेरै हाम्रा राम्रा काम कुराहरू यस नयाँ वर्षमामा पूरा हुन् भन्ने कामनासहित सम्पूर्ण नेपालीलाई हार्दिक मङ्गलमय शुभ–कामना ! शुभ–कामना !! शुभ–कामना !!
‘झिँगापुर’ सङ्ग्रहबाट
Subscribe
Login
0 Comments
Oldest







































