साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शुभकामना आदानप्रदान, रचनावाचन र कृति विमोचन

Nepal Telecom ad

कुश्मा, पर्वत/३० चैत्र । पर्वत साहित्य सङ्गमको आयोजनामा नयाँ वर्ष वि.सं. २०७१ आगमनको सुभ अवसरमा शुभकामना आदानप्रदान, साहित्यिक रचनावाचन तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

संविधान सभाका सदस्य कल्पना चापागाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपस्थित साहित्यकार तथा साहित्यानुरागीहरूले नयाँ वर्ष २०७१ ले देशमा शान्ति, अमनचैन, विकास तथा सामाजिक साँस्कृतिक सौहार्दता बृद्धि गर्न सक्नुपर्दछ भन्ने आग्रह गर्दैै परस्परमा शुभकामना आदानप्रदान गरेका थिए । सभासद् चपागाईले बाल प्रतिभा विमल सुवेदीले लेखेको कृति ‘म कसरी हाँसूँ’ को विमोचन गर्दै साहित्य समाजको ऐना भएको कारणले साहित्यकारहरू बढी जिम्मेवारीबोधका साथ सिर्जनामा जुट्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले थप्नुभयो– कलमजीवी र सर्जकहरूले आफ्ना रचनामा समाज र देशको आमूल परिवर्तन र सशक्तीकरणका पक्षमा आवाज उठाउनु पर्दछ । साहित्यकार र कलाकारहरूले राजनीतिज्ञहरूलाई सही मार्गमा लाग्नका लागि उत्प्रेरित गर्न सक्ने भएकाले उनीहरुले निष्पक्ष हिसावले काम गर्नुपर्नेमा उहाँको आग्रह रहेको थियो ।

कार्यक्रममा मानवअधिकार तथा शान्ति समाज पर्वतका सभापति गोविन्दप्रसाद पोखरेलले पर्वत साहित्य सङ्गमले जिल्लाको साहित्यिक माहोललाई उचाईमा पु¥याउन दिएको देनका बारेमा चर्चा गर्नुभएको थियो भने धौलागिरि बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा साहित्यकार लक्ष्मीप्रसाद शर्माले नयाँ वर्षले सबै नेपालीहरूका बीचमा एकताको भाव प्रवद्र्धन गर्न सकोस् भनी शुभेच्छा प्रकट गर्नुभयो ।

पर्वत साहित्य सङ्गमका अध्यक्ष इन्द्रमान खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा साहित्यकारहरू इन्द्रकुमार विकल्प, राजेन्द्र पहाडी, डीआर शर्मा, पवित्र खत्री, सागर तमु, गोकुल शर्मा, जलन केसी लगायतले शुभकामना आदानप्रदान गर्नुका साथै आ–आफ्ना रचना वाचन गर्नुभएको थियो । बाल प्रतिभा विमल सुवेदीले आफ्नो सिर्जन अनुभव राख्नुभएको थियो ।

श्री नमुना उच्च माविको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा उपस्थित अतिथिहरूलाई सङ्गमका सदस्य डीआर शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव राजेन्द्र पहाडीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

–राजेन्द्र गिरी पहाडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x