साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जमीनदार साहेब र बाँसको घोडा

Nepal Telecom ad

पहिले हरेक गाउँको मालपोत उठाउन जमीनदारलाई जिम्मा दिइएको हुन्थ्यो । मदेसमा यसरी मालपोत उठाएबापत जमीनदारलाई जिरायत भनेर केही जग्गा सरकारका तर्फबाट दिइन्थ्यो । जमीनदारले रैतीबाट (जनताबाट) उठाएको मालपोत असार २३ गतेभित्र मालअड्डामा जम्मा गरी सक्नु पर्थ्यो । रैतीले चाहिं जमीनदारलाई जेठ २३ गतेभित्र मालपोत बुझाई सक्नु पर्थ्थो । यो म्यादभित्र नबुझाउने रैतीको जग्गा जमीनदारले खोसेर आफै भोगचलन गर्ने वा अर्को रैतीलाई दिने सम्पूर्ण तजबीज जमीनदारकै हुन्थ्यो । असल जमीनदारले नसक्ने रैतीको पनि आफै हालिदिने र बिस्तारै उससित लिंदै गर्ने गर्थे । जमीनदारले चाहिं जसरी भए पनि असार २३ सम्ममा बुझाउनै पर्ने र नबुझाए मौजा लिलाम गर्ने र अर्को जमीनदारलाई बढाबढमा दिने मालअड्डाले गर्थ्यो । अनि त्यो जिरायत पनि नयाँ जमीनदारले खान पाउँथ्यो । यति मात्र नभएर मालमा यौटा बाँसको वा कतै काठको केटाकेटी खेल्ने जस्तो घोडा बनाएर राखेको हुन्थ्यो । म्यादभित्र मालपोत बुझाउन नसक्ने जमीन्दारलाई त्यस घोडामा चढाइन्थ्यो । त्यस घोडामा चढ्नु ठूलो बेइज्जती कुरो थियो ।

जमीनदारहरू अन्तिम दिन नआउन्जेल चुपो लागेर बस्थे, त्यस दिन आज त मालपोत बुझाउने दिन भनेपछि बिहानै पहलबानलाई बोलाएर सुगन्धित तेलले मालिस गराएर, घण्टौं पानी हाल्न लगाएर नुहाई वरी खसी कटाएर पकाउन लगाई आनन्दले खाना खाई वरी अपरान्ह भएपछि गाडा जोत्न लाएर गाडामा गद्दा बिछाउन लगाई मजाले सुतेर माल अड्डामा जाने गर्थे । यसरी जाँदाजाँदै कतिको त अड्डामा पुग्दा पुग्दै पाँच बजिसकेको पनि हुन्थ्यो र बिचरा जमीनदारको मौजा लिलाम भइसकेको र पैसाको पोको साथमा हुँदाहुँदै पनि बाँसको घोडा चढ्नु पर्थ्यो ।

यति लेखिरहनाको मतलब के त भने यसै गरी गएको संविधानसभा तुहाए । अझै पनि उही ताल चल्दैछ । यिनीहरूलाई तुरुङमा हाल्ने वा काठको घोडा चढाउने तागत भएको को होला खै ! हामी नेपालीको बानी यस्तै छ, अन्तिम अवस्थासम्म केही गर्दैनौं । आ… भ्याइहाल्छ भनेर निच मारेर बस्छौं अनि धोका खान्छौं ।जय नेपाल जय नेपाली ।

कमलपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x