साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एउटी नगरवधुको डायरी

Nepal Telecom ad

प्रत्येक साँझसँगै सुरू हुन्छ
मेरो जीवनको दिनचर्या
जब सहर बल्छ र म निभ्छु
जब झलमल्ल रात फुल्छ
म ओइलिन्छु
मोलमोलाइको बजारमा
जोसँग जे छ, त्यही बेच्ने त हो
किन्नेहरू किन्छन् त म के गरूँ ?

यो नगरमा–
सधैं बेइमानहरूको स्वागतार्थ
अधिकांश इमान्दारहरू
माला लिएर ठिङ्ग उभिएको देख्छु
प्रशंसाका लोरीसँगै–
स्तुति र भजन गाएको देख्छु ।
यहाँ इमान बेच्नेहरूको
कुनै चर्चा हुँदैन ।

पापी भुँडीका लागि मैले अलिकति
लाजसम्म बेचेको न हुँ
जसरी मान्छेहरू ठेक्कामा
माटो बेच्छन् रकुर्सी बेच्छन्
त्यसरी नै–
क्षणिक भोगाधिकारका लागि
मैले अलिकति शरीर बेचेको न हुँ ।

ससाना कुरामा ठूलाठूला आन्दोलन र
बन्द हडताल हुने यो देशमा
किन मेरो शरीरको मात्र चर्चा हुन्छ
मेरो विवशताको किन चर्चा हुँदैन ?
मेरो भोकको किन चर्चा हुँदैन ?
मेरो अभाव र गरिबीको किन चर्चा हुँदैन ?

यो देशको अभागी नागरिक म
मनभरि अनगिन्ती पीरको भारी बोकेर
निदाऊँ भन्छु सक्दिनँ ।
सधैं समानता आरक्षण र अधिकारका कुरा
उठिरहेका बेला
आफ्ना सम्पूर्ण पीडा बिर्सेर
जीवनको चौतारीमा केही क्षण
सुस्ताऊँ भन्छु सक्दिनँ ।

यसो सोच्छु –सोचको धरातल
अझ फैलिन्छ र अग्लिन्छ
किन महाशय यो शहरमा
नगरवधुको मात्र चर्चा हुन्छ
अनुहारमा भलादमीको खास्टो ओढेर
हामीसँगै समागममा लिप्त
नगरवरहरूको किन चर्चा हुँदैन ।

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लडाइँ

लडाइँ

विवश पोखरेल
मुसे उत्पात

मुसे उत्पात

विवश पोखरेल
फिलिमरोग

फिलिमरोग

विवश पोखरेल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x