साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाग नेपाली भाग

Nepal Telecom ad

नेपालमा परिवर्तन आयो, तन्त्र मन्त्रको किर्तन आयो
तेरो जे थ्यो लगे सप्पै, रित्तो अर्को बर्तन आयो !
भाग नेपाली भाग, नेपालमा परिवर्तन आयो,

राजनीतिको भूत आयो, बिदेशीको दूत आयो
नेताजीको झुट आयो, नेपाली बीच फूट आयो
पार्टी पार्टी गुट आयो, गुट गुटको लुट आयो
हत्या हिंसा छुट आयो, पीडितलाई कुट आयो
भाग नेपाली भाग, नेपालमा परिवर्तन आयो ।

लड्न जा कि पढ्न जा, बड्न जा कि सड्न जा
जोड्न जा कि छोड्न जा, गर्न जा कि मर्न जा
आसा पनि लुटे तेरो, जा जा जा
भाग नेपाली भाग, नेपालमा परिवर्तन आयो ।

नयाँ राष्ट्र गान आयो, परिवर्तनको भान आयो
कौवा लाने कान आयो, प्राण बलि दान आयो
जहर जलपान आयो, भ्रष्टाचार शान आयो
अपराधीको मान आयो, महंगीको घान आयो
भाग नेपाली भाग, नेपालमा परिवर्तन आयो ।

उद्योग–व्यापार ताला आयो, तस्कर मालामाल आयो
पार्टी–पाठशाला आयो, टोल टोल मधुशाला आयो
ऋण डालाका डाला आयो, कर्तव्यच्युत अधिकारवाला आयो
भाग नेपाली भाग नेपालमा परिवर्तन आयो ।

बेचेर जा कि छोडेर जा, मांगेर जा कि चोरेर जा,

भनेर जा कि लुकेर जा, उडेर जा कि गुडेर जा,
अम्रिका जा कि अफ्रिका जा, तर जा जा जा
भाग नेपाली भाग, नेपालमा परिवर्तन आयो ।

तेरो जे थ्यो लगे सप्पै, रित्तो अर्को बर्तन आयो !
भाग नेपाली भाग, नेपालमा परिवर्तन आयो ! !
बत्तिसपुत्तली, काठमाडौं ।

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x