साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धोबीखोलाय नम:

Nepal Telecom ad

फोहरको भारी बोकेर
धोबी खोला
कहिले टाउको
कहिले कुन ठाउको
खसखस कन्याउँदै थियो
पसिनाले भिजेर हो कि केले हो 
ठस ठस गनाउँदै थियो ।
मैले धोबीखोला न हो
के होला भनी
फोहरको पोको फाल्दा
खोलाले भन्यो–
पख्नुस् पख्नुस्, म खोला हुँ हजुर
तपाइँ पनि फोहरको
पोको फाल्दै हुनुहुन्छ कि
डोको फाल्दै हुनुहुन्छ
यो पिलन्धरे शरीरमा
थप भार कति हाल्दै हुनुहुन्छ ?
मैले भनेँ–
तिमी केको खोला
पच्चीस वर्षदेखि
नाला जस्तै छौ
जहिले हेर्छु
मलमुत्रे खोला जस्तै छौ
हिउँद पनि, वर्षात पनि
टुकुचाको गाला जस्तै छौ ।
उसले भन्यो–
म त यस्तो थिइन हजुर
अब त्यस्तो रहिन हजुर
सङ्लो भई कलकल बग्थेँ
माछा, भ्यागुता सलसल लग्थेँ
बिस्तारै मान्छेले फोहर फाले
हुँदा हुँदा घरको ढलै हाले
मरेको कुखुरोदेखि कुकुरको बच्चा फाले
महिलाको पेटिकोटदेखि पुरुषको कच्छा हाले 
कुरा गर्दा पनि
लाजै लाग्छ हजुर
किटदेखि लिँडसम्म
डिम्बदेखि सुक्रकिटसम्म
इँटा ढुङ्गादेखि चूर्णसम्म
अबोध शिशुदेखि भ्रूणसम्म हाले 
के भन्ने यी मान्छेका कुरा हजुर
लाज शरम समेत फाले ।
ठुसठुस नगनाएर
कसरी मगमग बसाउँ हजुर
कपूर चन्दन खै कसलाई घसाउँ हजुर । 
मैले भनेँ–
हिउँदमा सर्प जस्तै
जमिनमुनि धस्सिनु 
वर्षातमा मात्र माथि बग्न कस्सिनु ।
उसले भन्यो–
हो हजुर
यता हेर्छु उता हेर्छु
फोहर डुङ्गुर देख्दा 
दिक्क भएर त्यस्तै गर्छु
जमिन भित्रभित्र छ्र्छिु
तर के गर्ने, उकुस मुकुस भएपछि
हावा खान
फेरि माथि नै फ्र्छिु
कहिले फोहरको डुङ्गुरले छेक्दा
घरी यता भागिरा’छु
कहिले मरेको बङ्गुर देख्दा
घरी उता लागिरा’छु
देशदेखि विदेशसम्म
एनजिओदेखि आइएनजिओसम्म
बचाऊको याचना मागिरा’छु
कतै पहिलेका दिन फ्र्छिन् कि
त्यसमै लागिरा’छु । 
उसका कुरा अच्छै लाग्यो
कथा पनि सच्चै लाग्यो
मैले सोधेँ–
के तिमीले सहयोग पाउला जस्तो छ
फेरि त्यो दिन आउँला जस्तो छ ?
उसले अनुहार झन धमिलो पार्दै भन्यो–
धेरै विदेशी आए भन्छन्
लाखौं डलर ल्याए भन्छन्
यहीँकै बासीलाई थमाए भन्छन्
टाठाबाठाले नै समाए भन्छन्
तर रकम यता नआईकन
उतै उतै जमाए भन्छन्
कमाउनेहरूले मेरै नाम बेची बेची
लाखौं करौडौं कमाए भन्छन् । 
उसको कुरो सुनेपछि
श्रापमा परे कि खराबमा परेँ 
फोहर लागिकन म धरापमा परेँ 
पोको बोकेँ पुन्तरो बोकेँ
बागमते नमः हनुमते नमः
टुकैचाय नमः धोबीखोलाय नमः
भन्दै नफालीकन कुलेलम ठोकेँ ।

oli.prem@gmail.com

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x