साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यस्तै चाल रहे…

Nepal Telecom ad

मालिक् हुन् जनता र सेवक म हूँ भन्दै फलाक्नेहरू
हामी देश बनाउछौँ भनी भनी कैल्यै नथाक्नेहरू
बोलीमा व्यवहारमा र विधिमा देखिन्छ जो अन्तर
यस्तै चाल रहे त बन्छ कसरी नेपाल यो सुन्दर ?

देलान् आज निकास निश्चय भनी हेरिरहेका जन
होला देश विकास द्रूत गतिमा लागे सबै सम्झन
लाग्यो भत्कन आज धैर्य सबको विश्वास उल्टो भयो
यस्तै चाल रहे त रोक्छ कसले यो देश अन्तै गयो ।

वार्ताको स्थल रङ्गमञ्चसरि भो वार्ता भयो नाटक
घट्ला कि अब ता भन्यो अझ उति बढ्दै गयो सङ्कट
आत्मामा जनता लिएर नबसे बन्दैन भो सम्मति
यस्तै चाल रहे त हेर्नु कसरी यो देशको दुर्गति श्र

फुक्तै बीन पराइ हेर्छ रमिता यी सर्पझैँ नाच्तछन्
मालिक् नेत्र घुमाइ हेर्दछ जता कम्मर उतै भाँच्तछन्
खोक्छन् लाज पचाउँदै तर यिनै हूँ राष्ट्रवादी भनी
यस्तै चाल रहे रहन्छ कसरी यो राष्ट्रको जीवनी ?

आश्वासित गराउँछन् बचनले खै ! कर्मले सार्थक ?
नेता मात्र भएर हुन्न नबुझे– ‘हौँ राष्ट्र सञ्चालक’
नेता नाम सुनेर वाक्क जनता भन्छन्– ‘सबै चोर हुन्’ ?
यस्तै चाल रहे त मात्र जनता ठग्ने कलाकार हुन् ।

यौटै सत्य म हूँ असत्य अरु हुन् भन्ने घमण्डीहरू
मेरै हुन् जनता भनी अरु सबै बेकार ठान्नेहरू
बुझेरै पनि बुझ् पचाइकन जो गर्छन् सधैँ हर्कत
यस्तै चाल रहे रहन्न तिनमा जन्ताहरूको मत ।

गर्छन् बाहिर यी हुँदा सडकमा आदर्शका भाषण
कुर्सी प्राप्त गरे भुली सब कुरा यी गर्दछन् शासन
फोस्रा भाषण ती पिएर जनता बाँच्नै कहाँ सक्छ र
यस्तै चाल रहे रहन्न जनता यिन्को सधैँ पुच्छर ।

काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
वृद्धा पुकार

वृद्धा पुकार

गणेश घिमिरे ‘मार्मिक’
यहाँ अख्तियारको चिन्ता 

यहाँ अख्तियारको चिन्ता 

गणेश घिमिरे ‘मार्मिक’
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x