सुमी लोहनीउड्किरीको चर्तिकला
तपैँलाई था छ कि छैन कुन्नि ? उहिले—उहिले भानुभक्त जिबाको पालामा त अमरावतीसरि कान्तिपुरी नगरीका लामखुट्टेहरू गीत गाउन र भारत नाट्यम्मा पारङ्कत थिए रे !
त्यही अद्भूत् नाचगान देखेसुनेपछि हाम्रा आदरणीय आदिकविको ह्दयमा भावनाको ज्वारभाटा उत्पन्न भएछ । अनि त के चाहियो र कविज्यूलाई ! आफ्नोे खुसी समेट्न नसकी हर्ष विभोर भै उनले जे पर्लापर्ला लौ जा त नि भनेर लामखुट्टेको गायन र नृत्यको वर्णन गर्दै कलमको घोडा दौडाएर कविता रचना गरिदिएछन् । आदिकविको प्रशंसाले मैमत्त भएर भुइँमा बस्न छोडी हावामा उड्न थालेका तिनै लामखुट्टेका तेह्र पुस्ताले अहिले हैरान परेसान गरेकाले आफ्नोे त हालै बेहाल भ’को छ । ती उड्किरीले के गरेर हाल बेहाल हुन गयो भन्ठान्नुभयो होला हैन ? अरू त के गर्नु नि, मान्छेको रगत खादाखादा मान्छेकै असर परेर होला उही सभ्य मान्छेकै देखासिकी पो गर्न थालेका छन् त ए तिनीहरू पनि ! के भन्नु र नानाथरीका माग राखी आन्दोलनमा उत्रिएका छन् । साँझदेखि बिहानसम्म उनीहरूको ननस्टप कार्यक्रम चालू छ । विभिन्न प्रकारका कयौँ बुँदे माग पेस गरेका छन् । आफ्नो सबै माग पूरा नभएसम्म चरणबद्ध आन्दोलन यथावत् रहने जानकारी गराएका छन् । उनीहरूका केही मागका बारेमा तपैँलाई पनि था होस् भनेर भन्दैछु । लौ, एक कानले सुनी अर्कोबाट फुस्स निकाल्नका लागि भए पनि ध्यान दिएर सुन्नुहोस् है त !
सर्वप्रथम त मान्छेले आफ्नोे घरका भ्mयालढोकामा जाली राखेर उनीहरूको सवारीमा बाधा पु¥याउनु भएन रे ! उनीहरूको आवागमन नेपाल र भारतको बोर्डरजस्तै बिना रोकटोक खुल्लमखुल्ला हुनु प¥यो रे ! अर्को छ मान्छेले उनीहरूलाई केही नगरी टन्न हुने गरी आफ्नोे रगत चुस्न दिनुपर्छ रे ! रगत चुस्न पाउने प्रकृति प्रद्धत्त नैसर्गिक अधिकारमा हस्तक्षेप गरी मान्छेले उनीहरूको मौलिक हकको हनन् गर्न पाउँदैनन् रे रू यदि उनीहरूले मान्छेको रगतको ब्रेकफास्ट, लन्च र डिनर गर्दा कसैले डिस्टर्भ गरेमा कडा प्रतिकार गर्ने चेतावनी दिएका छन् ।
त्यसैगरी अर्को जोड्दार मागका बारेमा पनि सुन्नुस्— भूmलसूल, मच्छर भगाओ मलम, विभिन्न प्रकारका म्याटस्याट् पनि प्रयोग गर्न नपाउने रे ! यदि यी प्रतिबन्धित् चीजको प्रयोग गरिएको पाइएमा सलह जुलुस निकाल्ने अघोषित कार्यक्रम तय भएको छ रे ! अनि फोहोरलाई त कुनै पनि हालतमा फाल्न र सफा गर्न पाइदै पाइदैन भनेका छन् । त्यसैगरी अनेक प्रकारका कीटनाशक औषधिको प्रयोगमा पनि कडा प्रतिबन्घ लगाएका छन् । यदि कुनै मनुवाले अटेर गरी नमानेमा अनेक प्रकारका रोगब्याधीको महामारी फैलाउने फैसला लामखुट्टेको उच्चस्तरिय बैठकबाट निर्विरोध पारित भएर लालमोहोर लागेको छ भन्ने सुन्नमा आएको छ । आदि इत्यादि यस्तैउस्तै धेरै माग राखेर आजभोलि लामखुट्टेहरू चर्का नारा लगाएँदै रातरातभर धर्ना बस्दै जुलुस निकाल्न व्यस्त भै मस्त छन् र बिचरा मान्छे बबुराबबुरीलाई चैँ उनीहरूको क्रियाकलापले गर्दा जाग्राम बस्नुपर्ने अवस्था सिर्जना भएको छ । हो कि हैन त ?
‘झिँगापुर’ हास्यव्यङ्ग्य सङ्ग्रहबाट
Subscribe
Login
0 Comments
Oldest








































