साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डण्ठा महिमा

Nepal Telecom ad

बाचा बन्धनका मीठा महकिला मान्दैन आश्वासन
नेता गन्थनका तीता जहरिला जान्दैन सम्भाषण
जे जे पर्छ परोस् मरोस् रहरिलो ठान्दैन यो जीवन
डण्ठा वर्षन पुग्छ हा हरघडि आदेश मानिकन ।

ठोक्–ठोक् ! मात्र सुनी रहन्छ उसले सोच्दैन केही कुरा
रोक्–रोक् मात्र गुनी रहन्छ मनले बुझ्दैन भित्री कुरा
के रोक्ने कसलाई, के कसुरमा, ठोक्ने केका खातिर ?
उस्को चिन्तन क्यै हुँदैन गतिलो डण्ठा त हो आखिर ।

राजा रङ्क सबै रमाई उसकै टेको लिई हिँड्दछन्
सोझालाई सुताई स्वार्थ रसिलो पूरा गरी गिँड्दछन्
डण्ठाका रूप छन् अनेक तहका बेते–खेते, घाँघरू
जुन् होस् काम उही ठटाई अरुको गर्दाे बयान के गरुँ ?

डण्ठा स्वाधिनता, स्वतन्त्र थितिको यो सानको गौरव
नाफा रक्षक भो, ठूला हुकूमको भो मानको कौरव
सारा सुख, विलासपूर्ण भवको ऐश्वर्यको साधक
पठ्ठी सुन्दरीको सुसार सरीको डण्ठा छ है मादक ।

जस्का हात प¥यो उसैसँग रम्यो बर्दी रहोस् वा नहोस्
कुर्सी माफिकको प्रयोग यसको मान्छे मरोस् वा जियोस्
बच्चा, बृद्ध, युवा, किसानहरूको सातो सधैं लिन्छ यो
डण्ठा विश्वभरी निकै तम गरी नाच्दै को–चिन्छको ?

पुतलीसडक, काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x