साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनामनगरकी अम्बिका

Nepal Telecom ad

पहिलो भेटमा उसले
भनेकी थिई–
‘भोकै छु,
घरपतिले बहाल मागेका छन्
कलेजको फी तिर्न
सकेकी छैन
परीक्षा आइसक्यो
घरबाट खर्चको सट्टा चिठी आएको छ–
अब आफ्नै खुट्टामा
उभिनुपर्छ ।’

दोस्रो भेटमा पनि उसको समस्या त्यस्तै थियो–
‘घरपतिले कोठाबाट निकाले
साथीकोमा बसेकी छु
कलेजको परीक्षा दिन सकिनँ
घरबाट पनि चिठी
आउन छोड्यो
सडक–सडक भौँतारिँदै छु–
अब त मृत्यु प्यारो लाग्न थालेको छ ।’

तेस्रो भेटमा
अनामनगरको क्याबिन रेस्टुराँमा थिई अम्बिका
मैले छुट्याउनै सकिनँ
उसैले बोलाई–
‘सबै कुरा बेचेर
आफ्नो खुट्टामा उभिएकी छु
अभाव छैन तर अशान्ति बढिरहेको छु ।’

अन्तिम पटक
अस्पतालमा भेटिई अम्बिका
शिथिल स्वरमा बरबराई–
‘आफ्नै खुट्टामा उभिँदा
थाकिँदो रहेछ,
तर पनि जिउने इच्छा
जागेको छ ।’

हाल : अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कवि र बुद्ध

कवि र बुद्ध

गोवर्द्धन पूजा
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x