साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ लोकतान्त्रिक जनगीत

Nepal Telecom ad

(लय : गाउँ–गाउँबाट उठ)
गाउँ–गाउँबाट लुट
बस्ती–बस्तीबाट लुट
यो देशको मुहार बिगार्नलाई लुट
श्रीमतीको अनुहार सिँगार्नलाई लुट

राजतन्त्र यहाँ जाग्दाखेरि राजा बोकी लुट
क्रान्तिको आगो दन्केपछि राजै ठोकी लुट
हिजो–हिजोबाट लुट
अस्ति–अस्तिबाट लुट
आजै मात्र किन, भोलि पनि लुट
राष्ट्रकै धोती, फरिया र चोली पनि लुट

बन्दुक समाउन मान्नेहरू, क्रान्ति भनेर लुट
भाषण फलाक्न जान्नेहरू, शान्ति जपेर लुट
जङ्गलैमा बसी लुट
संसदैमा पसी लुट
यो देशको मुहार बिगार्नलाई लुट
श्रीमतीको अनुहार सिँगार्नलाई लुट

आफूलाई भगवान् भनी, शैतान बनेर लुट
विदेशमा धन थुपार्नलाई खाल्डो खनेर लुट
सारा वंश मारी लुट
भण्डारै निखारी लुट
सडकमा डुली–डुली खरानी घसी लुट
साधु रूप धरी लगौँटी कसी लुट

सोझा–साझा जनताहरू आगो झैँ बन्नेछन्
यिनलाई देख्नासाथै अनि जनताले भन्नेछन्
देशद्रोही मास्न जुट
छानी–छानी यिन्लाई कुट
जो–जसले देशमा मच्चाउँछ ब्रह्मलुट
घाँटी समाउँ सबको नदिई कुनै छुट ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उम्लेपछि चैँ पोखिन्छ है !

उम्लेपछि चैँ पोखिन्छ है...

धीरेन्द्र प्रेमर्षि
कसो होला भन् त बुढी !

कसो होला भन् त...

धीरेन्द्र प्रेमर्षि
भोजन

भोजन

धीरेन्द्र प्रेमर्षि
0
Would love your thoughts, please comment.x
()
x