साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे,सिंह, बाघ,बाँदर र चुनाव

Nepal Telecom ad

यौटा बाघ थियो अचम्म उसका साथी थिए बाँदर
बस्थे जङ्गलमा मिलेर सपना देख्थे बडा सुन्दर
मान्छेका घर गाउँमा सहरमा घुस्थे अकस्मात र
मार्थे मानिस बस्तु भाउ अबला,बन्दै महा निस्ठुर

रोजै काट र मार गाउँघरमा थेग्नै नसक्ने भयो
अर्को सिंह उसै गरी म सबको राजा हुँ भन्दै थियो
ज्ञानी नाम थियो परन्तु उसको चालै अनौठो थियो
उस्को पुत्र त झन् महा शठ बनी बाटो नराम्रो लियो

राजा सिंह र सिंह पुत्र,बनका यी बाघ यी बाँदर
चर्को दुर्व्यबहारबीच डरले मान्छे थिए थर्थर
अत्याचार हदै बढेर यिनको, मान्छेहरू आत्तिए
यस्ता हिंस्रक जन्तुबाट कसरी बच्ने भनी घोरिए

आफ्नै हिंस्रक कर्मबाट बिचरा थाकेर होला बढी
बन्छौं मानिसू बाघ बाँदरहरू भन्दा भए त्यै घडी
भोगी साध्य थिएन जन्तुहरुको अन्याय त्यो दुष्कर
ज्याद्रो सिंह हटाउने विषयमा सल्लाह भो आखिर

यौटा शर्त थियो चुनाव गरियोस् भन्ने थियो त्यो पनि
माने मानिसले तिमी मनुज हौ राजै बनौला भनी
छोडी जंगल आउँछन् यदि भने भै गो भनी आखिर
मान्छेले यिनलाइ मानिस हुने मौका दिए सुन्दर

आए जंगलबाट यी सहरमा मान्छे दुरुस्तै बनी
माने मानिसले दिए मत बढी राजै बनून् यी भनी
सारा मानिसले गरे स्तुति र यी सम्मानले हौसिए
उस्तै सिंह बनेर आखिर गिरे बाटो उसैको लिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x