साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिश्रमीको तिन मट्याङ्ग्रा

Nepal Telecom ad

१.
कोही विरही छन् यहाँ कोही निर्मोही पनि छन्
कोही विकल, व्यथित छन् कोही विद्रोही पनि छन्
सागर हो यो महानगर सावधान यहाँ त ए साथी ?
मान्छेलाई चपाई खाने निर्दयी गोही पनि छन् ।

२.
जता दृष्टि दियो त्यतै समस्याका पोका छन्
निकास हुने ठाउँमा ताला लगाएका धोका छन्
जतिसुकै डकारे नि अघाएको छैन जस्ता
हाकिम साहेबहरू घुस र कमिसनका भोका छन् ।

३.
पर्यावरण जोगाऊँ भन्दै रुखहरू ढाल्नुहुन्छ
सुरक्षाका लागि भन्दै गुन्डाहरू पाल्नुहुन्छ
बलिरहेको छ आगो निभाउनु पर्ने तर
महाशय, किन अझै मट्टितेल हाल्नुहुन्छ ?

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधा दर्जन ठोक्तक

आधा दर्जन ठोक्तक

डा.घनश्याम परिश्रमी
0
Would love your thoughts, please comment.x
()
x