साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रक्सीको आत्महत्या

Nepal Telecom ad

‘श्रीमान्, हामी माथि घोर अन्याय भयो ।’ रक्सीको गिलासले गला अवरुद्ध गर्दै करायो । ‘अन्याय त हामीमाथि भएको छ श्रीमान् । यी छुसी जाँड र रक्सीको अत्याचार यति बढेर गयो कि, देशका लोग्नेमान्छेहरूले स्वास्नीसँग डिभोर्स गरेर यिनै जाँडहरूसँग विहे गर्लान् जस्तो ।’ प्रतिवादीको तर्फबाट क्रान्तिकारी महिलाले जवाफ फर्काइन् ।

‘यो सबै झुठ हो श्रीमान्, एउटी श्रीमती हुँदा हुदै पनि अर्कातिर चर्न जाने पशुबानी यी मान्छेहरूमा मात्रै हुन्छ ।’ रक्सीको बोतलले रिसाउँदै भन्यो । ‘चुप लाग् तँ खोयाबिर्के ! सँुगुरे साईंलालाई आफ्नो मायाजालमा फँसाएर बेहाल बनाउने तँ नै होइनस् ?’ क्रान्तिकारी महिला गर्जिइन् ।

‘मैले त्यस सुँगुरलाई स्वास्नीका गहना बेचेर मलाई ख्वा भनेको थिएँ र– उ। आफैँ लुकी लुकी कान्छीको भट्टीमा पसेर म सँग रात बिताउँथ्यो । त्यसमा मेरो के दोष ?’ रक्सीको बोतलले क्रान्तिकारी महिलातिर औंला ठड्यायो ।
‘जो चोर उसको ठूलो स्वर पो गर्दाे रहेछ ए, पोखिदिउँ कि क्या हो ढलमा लगेर यसलाई !’
क्रान्तिकारी महिला राता राता आँखा पार्दै रक्सीतिर बढिन् ।

‘छोएर मात्रै हेर त, मुखमा खन्याएर नाली तिर लडाउन सकिनछ भने मेरो नाम पनि खोयाविर्के खवास होइन ।’ रक्सीले पनि धम्क्यायो । ‘साँच्चै खोजेको हो ?’ क्रान्तिकारी महिलाले सोधिन् । ‘तैले खोजेको हो भने मैले पनि खोजेको हो, लौ जा ।’ रक्सीले पनि भिड्ने मनःस्थिति देखाएपछि मैले न्यायाधिसको हैसियतले टेबलमाथि घन बजार्दै कराएँ– ‘अर्डर अर्डर ।’

दुवैजना शान्त भए । मैले देखें, एकातिर वादी पक्ष छन्– जाँड, रक्सी, वियर, भोड्का, रम, ह्विस्की, ब्राण्डी, रेडलेबल, ह्वाईट लेबल, वाइन आदि । अर्कातिर रक्सीमाथि प्रतिबन्ध लगाउनुपर्छ भन्ने क्रान्तिकारी महिलाहरूको ठूलो हूल छ । सबैतिर छापामार शैलीमा आँखा लगाएपछि मैले आदेश दिएँ– ‘अब वादीको तर्फबाट आफ्नो कुरा राख्न अनुमति छ ।’

एउटा बुढो खालको च्यातिएको दौरा, पातला जुँगा चुस्स दाह्रि भएको जाँडको घ्याम्पो अगाडि आयो– ‘श्रीमान्, हाम्रो स्वास्नीले कैलेकाहीं जाँड बनाउँछ, बजारमा बेच्छ र छोराछोरीको स्कुलको फिस तिर्छ । अब यी क्रान्तिकारी महिलाले हामीमाथि प्रतिबन्ध लगाएपछि हाम्रो छोराछोरी त भोकै मर्छ हजूर उनीहरूले पढन पनि पाउँदैन ।’

‘भोकै त मान्छेका छोरा छोरी मरिरहेका छन् । तिमीहरूकै कारणले कतिले घर उडाएका छन् । कतिजना ऋण लागेर आत्महत्या गर्न पुगेका छन् । यिनीहरू हत्यारा हुन्, यिनलाई मृत्युदण्ड दिलाई पाउँ श्रीमान् ।’ क्रान्तिकारी कमरेड कराईन् । ‘तिमीहरू जस्तो भाइले दाइ मार्ने, बाबुले छोरी मार्ने हामीहरू होइनौं बुझिस् ।’ एउटा जवान क्यान वियर अगाडि आएर च्याठिँयो ।

‘ए साले गुण्डा, तैंले कति युवाहरूलाई दिग्भ्रमित बनाएको छस्, थाहा छ ? देश र जनताको बारेमा सोच्न नदिने तँ नै होइनस् ?’ क. कोइलाकुमारी वियर माथि जाई लागिन् ।
‘यो सबै हाम्रो वंशनास गर्ने षडयन्त्र हो श्रीमान्, यिनीहरूको कुराको पछि लाग्यो भने त मदिरा फेमेलीको बिऊ पनि रहँदैन । हातमा मोबाइल समातेर उभिएको ह्विस्कीले निवेदन ग¥यो । ‘हो, हो, हो । तिमीहरूको सत्यनास गर्न चाहान्छौं । समाजमा विकृतिको बिऊ रोप्ने तिमीहरू नै हौं । देशमा कुसंस्कृतिको जरो गाड्ने हात तिमीहरूकै छ ।’

कमरेड हुण्डरीले आँशु झार्दै अगाडि थपिन्– ‘श्रीमान्, यिनीहरूकै मायाजालमा परेर मेरो श्रीमान्ले मलाई घरबाट निकाल्यो । पछि यिनैले षडयन्त्र गरी मेरो श्रीमान्को ज्यान लिने काम गरे ।’ म सुनीमात्र रहें । ‘संसार कहाँबाट कहाँ पुगिसक्यो, तिमीहरू चाहिँ जाबो जाँड रक्सीमा अल्झिएर बसिराख ।’ हेर्दा निक्कै सम्पन्न लाग्ने रेड लेबलको आवाजले म झसङ्ग भएँ ।

‘संसार जता पुगे पनि नेपाल जहाँको त्यहाँ छ । विदेशीहरूबाट राम्रो भन्दा ज्यादा हामी नराम्रो कुरा सिकिरहेका छौं । त्यसैले वादी प्रतिवादी दुबैको वयान सुनिसकेपछि अदालत यो निर्णयमा पुगेको छ ।’– निर्णय सुनाउनु पूर्व मैले सर्सर्ती दर्शकदीर्घातिर हेरें– सब शान्त छन्, इजलास चकमन्न छ ।

मैले भनें – ‘अब मान्छेका बिचार र व्यवहारमाथि प्रतिबन्ध लगाएर देश चल्दैन । त्यसकारण मदिरा माथि प्रतिबन्ध होईन, व्यवस्थित बनाउनु पर्छ । जस्तो ः अरु देशमा निश्चित स्थान र समयमा मात्रै खान पाइने….।’

मेरो निर्णय नसक्दै क्रान्तिकारी महिलाहरूले नारा लगाए–‘रक्सीप्रेमी न्यायाधीस मुर्दावाद । ज्यानमारा रक्सीलाई फाँसी दे ।’

होहल्ला बढ्दै गयो । त्यसबेला एउटा गिलास रक्सी टेबुलमाथि चढ्यो र करायो– ‘जे भए पनि अन्याय चाहिँ हामी गरीबलाई नै हुन्छ । ह्विस्की, ब्राण्डीहरू ठूला महँगा होटलमा बस्छन्, तिनलाई कसैले छुन सक्दैन । व्यवस्थित पारे पनि प्रतिबन्ध गरे पनि, हामीलाई नै त हो ।’

यति भनेर उ हिँड्न लागेको थियो । कसैले टेबुल हल्लाई दिएछ क्यारे, गिलासलाई खपिनसक्नु भएछ, रक्सीले टेबुल माथि नै पो आत्महत्या ग¥यो !
म टोपीले आँसु पुछ्दै घरतिर लागेँ ।

‘ए गतिछाडा । यसपटक जसरी भए पनि घर आइज । दुर्गाभवानीको आशीष थाप्नु पर्छ ।’
‘म आउँदिन बाउ । पहिला पहिला पनि नवदुर्गा भवानीलाई खुशी पार्न दक्षिणा घुस खुवाएकै हो क्यारे ! तर खै– नेपालमा रक्षा गर्न नसकेर यतातिर भाग्नु प¥यो ।’

‘ए मोरा पाजी, भगवतीलाई त्यस्तो आरोप नलगा । पाप लाग्ला ।’

‘पाप त तिनै भ्यागुती हो कि भगवतीलाई नै लाग्नु पर्ने । आफू चाहिँ टन्न जनावरको रगत खाने, अरुलाई चाहिँ पाप गर्नु हुँदैन भन्ने ? ! त्यस्ती भगवतीको मति खै त ?’

‘त्यसो भए तेरै आमा भगवतीको आशीष थाप्न भए पनि त आइज न ।’

‘पर्या छैन आशिष थाप्न । परारसालको दशैंमा ‘सन्तानले डाँडाकाँडा ढाकुन्’ भनेर आशीष दिएको थियो– खै एैलेसम्म एउटा सन्तान जन्मिएको छैन । धन्न आमाले दिएको आशीष लागेन, राम्रै भयो । साँच्चै नै सन्तानले डाँडाकाँडा ढाकेभने डाँडाकाँडामा बस्ने जनावर चाहिँ कहाँ जान्थ्ये होलान् ? त्यसैले म त्यो श्राप लिन आउनु पर्या छैन । ल मैले राखें ।’

‘तिम्रो आशीष पनि त त्यही ‘आयुद्रोण सुते …’ भन्ने होला नि । पर्या छैन मलाई त्यति लामो आयु ! फेरि तिम्ले भन्ने बित्तिक्कै आयु लम्विने हैन क्यारे ! कुन दिन प्लेन पड्काएर स्वाहा पारिदिन्छन्– थाहा छैन ।’
यति भनेर सिँगाने माइला उर्फ माइकलले लाइन डिस्कनेक्ट गरिदियो ।

हाल :काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x