साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गिरजाबाबुको चिट्ठी

Nepal Telecom ad

मेरा प्यारा जनताहरू
मै जस्ता
सकुनी, दुर्याेधन
रावण रुपी नेताहरू
भोकभोकै झोला बोकी हिँड्ने
कठैबरा कार्यकर्ताहरू
यहाँहरू सबैलाई धन्यवाद
राष्ट्रपति हुने बाहेक
अरु जे जे भन्यो जुराइ दिनुभो
यहाँसम्म कि
आज मत्र्यलोकबाट मलाई
सिधै स्वर्गलोकसम्म पुराइ दिनुभो
यहाँ मलाई
मर्त्यललोक भन्दा आराम छ
यता पनि प्रजातन्त्र आए छ कि !
हाम्रो लोकतन्त्र भन्दा पनि
ईन्द्रतन्त्र नरम छ ।
आजभोलि
टेन्सन र चिन्ता पनि भाग्या छ
त्यसैले
आरामको निद्रा लाग्या छ
नेपालमा जस्तो छिमेकीहरूको
न यो गर भनेर फोन आउँछ
न यो नगर भनी टोन आउँछ ।
फेरि मैले नेपाल छँदा
ज्ञानतन्त्रलाई हटाएर हो कि
ईन्द्र पनि अलिक डराउँछन्
गणेशमान, कृष्णप्रसाद,
मनमोहन भन्दा
मलाई नै धेरै सह्राउँछन् ।
कृष्णप्रसाद त यहाँ पनि
बनारसी पान चपाउँछन्
महाभारत गीता समाउँछन्
मुड चल्यो भने इन्द्रसँगै पलेंटी कसेर
कपालिनीहरूसँग रमाउँछन् ।
गणेशमान चाहिँ खै कतातिर
प्रजातन्त्रको लागि लड्न गा‘का छन्
मनमोहन बिचरा भर्खरै
कम्युनिस्ट सकियो भन्दै आ’का छन्
मदन भण्डारी यता पनि, वीरेन्द्रलाई भेटे कि
मैदान भिड्ने जनवादी भाषण ठोक्छन्
तर भन्ने सुन्या छु साँझ बिहान सुटुक्क
ईन्द्रलाई चाहिँ ढोग्छन् ।

गिरजा बाबु लेख्छन्
एकदिन सुटुक्क
चित्रगुप्तको बहिखाता हे¥याँ थेँ
बुढाले यस्तो कुरो पो को¥या थे
सुशिलदा (तपैंहरू भन्नु हुन्छ)
न बोलीको ढङ्ग छ
न काममा उमङ्ग छ
न काम बिगार्छन् न काम बनाउँछन्
न त अरु जस्तो घुस खाइ गन्हाउँछन्
उनले पनि बैतरनी त त¥या छन्

यता आउन तरखर गर्ने सबैलाई भन्द्याछु
अब उपरान्त
जनताको संविधान बनाएर आयौ भने
तिमीहरू स्वर्गमा राम्रै सम्मान पाउला
नत्र चित्रगुप्त बुढाको ठूलै ल्वाप्पा खाउला ।

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x