रामशरण न्याैपानेजूकाहरू !
निस्केर चिसो ढुंगाहरूका चेपबाट
ओसिलो सेपबाट
र चुसेर
घामको कलिलो रगत
अघाएर फर्किएका जूकाहरू
फर्किरहेछन् लस्कर झैं
फेरि यतै
रोगी बुढो आगनभरि … !
उभिएर
आगनको डिलमा
परदेशी खसम पर्खेकी आइमाई
र उसको लोग्नेसपनाहरू झैं
म मेरो बाँझो बारीमा
सपनाहरूको सहबास गर्छु … !
हो ! यसै पाली
मार्नू छ हामीले जूकाहरू
र देख्नु छ–
हाम्रो घामको जवानी ।
Subscribe
Login
0 Comments
Oldest





































