साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधुनिक रामायण :: रुद्र ज्ञवाली

Nepal Telecom ad

प्रधान्मन्त्रि भइ गया सुशिल’दा आफ्नै गरौं हित् भनी
छट्टु वामनदेव् पर्या चरणमा हिस्सा म पाउँ भनी ।
के माग्छौ भन बामदेव प्रभुले मर्जी भयाथ्यो जसै
पाउँ गृह प्रभो भनी जब भने त्यै गृह पाए तसै ।।

दारी राम थिए झनै कम कहाँ दौडी नजिक्मा गया
बिना अर्थ म बाँच्न सक्दिन प्रभो भन्दै बिलौना गर्या ।
त्यो आशीष महेशको दिइसक्याँ हे राम क्या मो गरुँ
जे माग्छौ अरु माग राम गतिला छन् स्वादिला झन् अरु ।।

मैले चिन्दछु त्यो महेश बिचरो चिन्दैन कुइरेहरू
मेरै पक्ष छ विश्वबैंक प्रभुजी बिन्ति अझै के गरुँ ?
आशिर्वाद छ पश्चिमा जगतको गर्नेछु मैले भलो
दिन्नौ अर्थ भने म निश्चय यहाँ विद्रोह गर्छु प्रभो ।।

यस्तो धक्कु सुनी मुसा सुशिल’दा लत्रेर गल्दै गया
सुम्पी अर्थको अर्थ राम् चरणमा लौ खाउ भन्दा भया ।
यो सम्चार सुनी महेश पिरले कालो र नीलो बनी
सोधे पाउ समाउँदै सुशिलको भो क्यान यस्तो भनी ।।

पथ्र्यो जानु त राम दाजु वनमा मैले कसोरी पर्यो
मेरो क्यै खतवात हो कि अथवा चुक्ली कसैले गर्यो ।
यस्तै ताप गरी विलाप मनका पोखे महेश्ले जसै
आँखा चिम्म गरेर चिन्तन गरी बोले प्रभुले तसै ।।

यस्तै भो यसपल्ट जाउ वनमा भानिज ज्ञानी तिमी
खाऊ कन्द र मूल स्वास्थ्य गठिलो पार्नेछ यसले पनि ।
त्यस्तो खत्तम छैन जङ्गल त्यहाँ पाइन्छ सञ्जीवनी
पैलेका वनवासि हेर अहिले कस्ता भयाछन् धनी ।।

मामाका गुढमन्त्र यो सुनिसकी आज्ञा सिरोपर गरी
लागे जङ्गलमा महेश बिचरा कर्मै छ खोटो भनी ।
राम्रा मुख्य विभाग बाँडचूँड भै बाँकी जती जे रह्यो
खाउन् गिद्ध र स्यालले पनि भनी हड्डी उतै फालियो ।।

छट्टु स्याल्हरुको कुरा जब मिल्यो ब्वाँसो उता कुर्लियो
दिन्छौ भाग भने त देउ गतिलो खाइन्न जूठोपूरो ।
ब्यूँझियो जब भूत त्यो सुशिल’दा मन्साउँदै भूत त्यो
पात्लो फालि दिया ल खा घिच भनी वाणिज्य आपूर्तिको ।।

बण्डा बल्ल मिल्यो भनी सुशिल’दा सन्तोक के गर्दथ्या
भै आक्रोशित रामचन्द्र रिसले झर्केर गर्ज्या उता ।
सत्रौंपल्ट लडी पराजित हुने पक्का जुधारु म हूँ
मेरो मूल्य कुनै रहेन दलमा मैले कसोरी सहूँ ।।

लाग्दा बात अवाक भै सुशिल’दा दारी मुसार्दै रह्या
त्यैबेला लिई शस्त्र शास्त्र मसिहा मोदी पधार्दा भया ।
सुन्कोशी तिर हेर्छ, हर्छ कसले दुर्दान्त दुर्भाग्य त्यो
मोदी कीर्तनमा छ मख्ख अहिले सर्कार यो देशको ।।

मुसो मार्न सकेन भन्नु कसरी उड्ने चरी मारियो
गौजात्रा अब के मनाउनु यहाँ जात्रा नयाँ थालियो ।
माग्दै पाँच करोड भाङ धतुरो रोप्दैछ छ यो संसद
कैले फल्दछ संविधान त्यसमा आफैं बिचार्नुस् अब ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
ट्राफिक जाम

ट्राफिक जाम

डा. दामाेदर पुडासैनी किशाेर
मान्छे

मान्छे

साधुराम खड्का
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
हस्तान्तरण

हस्तान्तरण

फित्काैली डटकम
एक डोको : सम्पती विवरण

एक डोको : सम्पती...

भाेज अर्याल
0
Would love your thoughts, please comment.x
()
x