साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अब चाहिँ केही हुन्छ है !

Nepal Telecom ad

अब यस देशमा केही न केही हुन्छ, हुन्छ । मेरो मतलब हिजो चाहिँ यहाँ माखो पनि मारिएको थिएन भन्ने होइन तर, अब हुने जुन कुरो छ त्यो एकदमै विशेष खालको हुनेछ । कस्तो विशेष भन्नुहोला– विशेषलाई लम्बाई, चौडाई वा मोटाई र छोटाईमा नाप्न खोज्नु मुख्र्याई हो ।

जसरी विशेष मान्छेहरूका बारेमा सत्य तथ्य कुरो बोल्न मिल्दैन, त्यसैगरी विशेष कुराको रहस्यमय उद्वेय पनि खोल्न मिल्दैन । तर, यो कुरो तपाईँका लागि खोल्दैछु, कसैलाई नभन्नुहोला नि ।

कुरो के भने, क्याम्पसमा पुलिस पस्यो, छात्राबासमा सेना घुस्यो । यो भन्दा पछाडि रक्षा मन्त्रालय लगेर पशुपतिमा स्थानान्तरण गरिएला !

गृह मन्त्रालय गुह्येश्वरीमा सारिएला ! त्यस बेला तपाईं छक्क नपर्नोस् होला; आतङ्ककारी ऐनले समात्न सक्छन् । बालुवाटारमा रहेको प्रधानमन्त्री निवास लगनखेलको मानसिक अस्पतालमा सारिनसक्छ । बल्खुबाट लगेर एमालेको कार्यालय वीरेन्द्र सैनिक अस्पतालमा बनाइन सक्छ । संसद्भवन कुनै ५–७ नम्वरको वाहिनी अड्डामा स्थापित हुन पनि बेर छैन । सुरक्ष।को कारण दर्शाएर सर्वाेच्च अदालत पनि सैनिक मुख्यालयको कुनै कोठामा सैनिक सुरक्षासहित रहन पनि सक्दछ ।

त्यस्ता सम्भावित घटनाहरू झिना मसिना कुराहरू मात्र हुन् । विशेष कुरो चाहिँ के हो भने, सेना छात्राबासमा पस्यो– पुलिस क्याम्पसभित्र छि¥यो । कुनै बोर्डिङ स्कुलतिर पसेको भए त्यत्रा जुँगामुठेहरू स्कुल पसेछन् भनेर तपाइंले हाँस्न सुहाउँथ्यो । अथवा राष्ट्रसेवकहरू भट्टीतिर पसेका भए पनि तपार्इंले रिसाउन मिल्दथ्यो । तर, क्याम्पसभित्र पसेका छन् हजुर, त्यो सानोतिनो सम्चार होइन । तपाईंले सोध्नुहोला, अब हुन्छचाहिँ के त ? मलाईं सुन्नोेस्, अब गज्जब नै हुन्छ । उहिले बालखमा सुन्नुभएको होला नि, एउटा गीत, ‘हिमालचुली पल्लोपट्टी रुपी कपाल कोर्छ– भ्यागुताले हलो जोत्छ झिँगा डल्ला फोर्छ ।’ हो, अब कन्र्फम झिँगाले डल्ला फोर्ने भयोे किनभने, सेनाहरू अब विश्वविद्यालय जो जान थालेका छन् हजुर !

विद्यार्थीको ढाड भाँच्न पसुन् कि शिक्षालयमा आर्मी डान्स गर्न घुसून, कमसेकम क्याम्पसमा त पसे । अस्ति के भयो त्यो बिर्सिदिनोस् । हिजो कसैले ब्यारेकबाट गाउँमा झर्दै, गाउँलेको दाँत झार्दै गरे होलान् । ट्रेनिङ्ग र व्यायामबाट छुटेपछि धारामा आएर ठिटी जिस्क्याउँदै हातपात गरे होलान् । हुनसक्छ, अरु नै थोक गरेर गर्भपात गराउनुपर्ने स्थिति पनि आयो होला ।

हेर्नोस्, गल्ती कोबाट हँुदैन हजुर ! तपाईं पनि त कम दुस्कर हुनुहुन्थेन । बिर्सनुभयो, दुईवर्षको हुँदा आमाको काखमा बसेर आमाकै छातीमा लातले हानेको ? हेर्नोस् केटाकेटीको जातै यस्तै हो । पुलिस भाइहरूले वेश्यावृति उन्मूलन गर्ने नाममा वेश्याहरूलाई चौकीमा थुनेर आफै गमन गरे होलान् १ शान्ति सूरक्षा पाउँ भनेर सडकमा निस्केका जनतालाई दमन गरे होलान् १ हुनसक्छ, आÏनो खल्ती खलाँस भएको बेला अरुको लाइसेन्स खोसेर नन्सेन्स काम पनि गरे होलान् १ ट्राफिक चेकको नाममा रक्सीले फिट्टु भएर जनताको खल्तीबाट दाम झारे होलान् ! यी सबैकुरा छाडौं, अब देखि विशेष कुरातिर ध्यान तानौं ।

सरकारले ढिलै भए पनि सेना र पुलिसलाई स्कुल कलेजतिर पठाउन थालेको छ । कल्पना गर्नोस् त, पढेको र नपढेको मान्छेमा कति फरक हुन्छ, आगामी एक वर्षमा तपाईं देख्नुहुन्छ सिभिल र पुलिस तपाईं छुट्याउन सक्नुहुन्न । कुनै चोरलाई केरकार गर्दा प्रहरीले ‘जेठा माइला’ भनेर एक शब्द पनि निकाल्ने छैन । ‘भन्नोस त सर, तपाईं माथि चोरीको आरोप लागेको छ, के तर्क दिनुहुन्छ ?’ – क्याम्पस पसेको पुलिसले यसरी केरकार गर्नेछ ।

‘ए चिनी खाने जाँड खाने, लाइसेन्स निकाल’ भनेर अबका प्रहरीहरूले भन्ने छैनन् । उनीहरूका हाउभाउ, व्यवहार र बोलीमा आमूल परिवर्तन आउनेछ । यदि तपाईंले कुनै दिन लाइसेन्स बिर्सिएर गाडी चलाउनु भयो र प्रहरीको फन्दामा पर्नुभो भने अबका प्रहरीले, ‘ए राँडीका छोरा, पाँच सय दिन्छस् कि जाकिदिउँ’ भन्नेछैनन् । त्यस्तो अवस्थामा उनीहरूका कोमल कण्ठबाट निस्कने वाणी हुनेछ –‘गुरुजी , नियम भनेको नियमनै हो, अहिले जानोस् । भरे पेसेन्जर छोडेर बग्गीखानामा आउनुहोला है ।’

त्यति मजाले बोलेपछि तपाईंले पनि ड्राइभरी भाषा बोलेर व्यहोरा देखाउनुहुनेछैन । खुरुक्क बग्गीखाना वा नजिकको पुलिसथानामा गएर कारवाही भोग्नु हुनेछ । गल्ती सबैवाट हुन्छ । म आइन्दा गल्ती गर्नेछैन भन्ने लिखतमा दस्तखत गर्नुपर्नेछ । दुईसय वा पाँचसय रुपैयाँको दण्ड–जरिवाना नयाँ प्रहरी संयन्त्रले गर्ने छैन । एक मेरा फुलको गुच्छाबाट विदा गर्नेछु ।

कलेज गएका सेनामा हुल्याहाहरू पटक्कै पाउनु हुने छैन । सानो झगडाको बिषयमा सिङ्गै बटालियन लगाएर जनताले पिटाई पनि खानुपर्ने छैन । गणको गणपति वा सिपाहीको प्रेमजालमा परेर कुनै नेपाली चेलीले फस्नुपर्ने छैन । क्याम्पस पसेपछि जुन व्यारेकमा सरुवा भयो त्यति नै ठाउँमा प्रेमिका राख्ने आवश्यकता पनि रहँदैन । ढिलै भए पनि सरकारले राम्रो कामको शुरुवात गरेको छ । सेना र पुलिसलाई यसरी स्कुल–कलेजमा छिराउनु असल थालनी हो तर जनता कुरै बुझ्दैनन्, बेकारमा विरोध गर्छन् ।

आउनोस् हामी पनि यस सरकारी अभियानमा सामेल होऔं र सरकारको ‘सेना–पुलिस क्याम्पस हुल अभियान’ मा ताली ठोक्न सुरु गरौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x