चट्याङ मास्टरनेपालमा नयाँ क्रान्ति….
अङ्ग्रेजी राम्रो आउँदैन
किन भने नेपालमा पढेको
नेपाली राम्रो आउँदैन
किन भने अङ्ग्रेजी स्कुलमा पढेको ।
न नेपालमा काम गर्न सक्ने भयो
न अम्रिकामा काम गर्न सक्ने भयो
प्रमाणपत्र स्नातकोत्तर छ
जीवनको प्रश्न निरुत्तर छ ।
साँची, यो वर्ष मलेसियाबाट
घरेलु कामदारको कोटा कति आउने भयो ?
कि कुनै पार्टीले फेरि अर्को नयाँ नेपाल बनाउने भयो ?
अमेरिकाले डी भी खोल्ने भयो
कि ब्रिटिस आर्मीले भर्ना लिने भयो ?
कि भारतले दरवान दिने भयो ?
कतै केही नहुने नै भयो भने
ल आउनुहोस्, नेपालमा नयाँ क्रान्ति गर्ने बेला भयो ।
बत्तिसपुतली, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































