साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँढेसाती दशा

Nepal Telecom ad

देशमा यस्तो बेहाल छ,
हैन सरकार, तिम्रो के चाल छ ?
दश प्रतिशत तलब बढ्छ शतप्रतिशत भाउ
यही मौका हो, कमाऊ सरकार कमाऊ ।
यता गयो मिटिङ भन्यो उता गयो मिटिङ
मिटिङभन्दा ठूलो रैछ जलपानको इटिङ ।
गाई मारेर गधा पोस्ने यो राजनीति,
त्यसै लाग्या हो र देशमा दशा साँढेसाती ?

महंगी बढेको बढ्यै छ,
भाउ उकालो चढेको चढ्यै छ ।
इकोनोमिक्स म्यानेजमेन्ट पढेको पढ्यै छ ।
गरिबहरू तलतिर लडेको लड्यै छ ।
अनि कसरी बाँच्नु गरिबले,
भो अब कसैले नबनाऊ चर्पी,
किनकी महंगी बढेको बढ्यै छ ।

आँखा छोपी ल्याको कालले महंगीमा फसाको
जाऔँ ज्योतिषकोमा हात देखाउन साँढेसाती दशाको
आयो निम्तो एउटा लगन बिहेको,
बिहेको निम्तोमा उसलाई नि कार्ड दिएको ।
सित्तैमा खान पाएको जाँदैन,
सासूदेखि सालीसम्म कसले लाँदैन ?

यो खायो, त्यो पियो, सारा घिच्यो मार्दै साउती साउती,
भोलिपल्टदेखि विचरालाई लाग्यो छेराउटी ।
दुईदुई मिनेटमा कट्टु तान्दै पुग्थ्यो टट्टीमा ।
इँजार तान्दा फुस्किन्थ्यो आची कटटुमा ।
साँढेसाती दशा लाग्न कसले खुवाको ?
हैजा भएछ झण्डैले कालले कुदाको ।
भित्रभित्रै नलुट्नुस जप्दै राम राम
दशा लागेर यात्रा होला तपार्इँको परमधाम ।

चारघरे, नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनावी महाभारत

चुनावी महाभारत

केशवराज अर्याल ‘निश्चल’
बेरोजगारलाई सुनको धाक !

बेरोजगारलाई सुनको धाक !

केशवराज अर्याल ‘निश्चल’
लालपुर्जामा फोटो टाँस्न त पाइन्थ्यो

लालपुर्जामा फोटो टाँस्न त...

केशवराज अर्याल ‘निश्चल’
मै हुँ चिडियाखाना

मै हुँ चिडियाखाना

केशवराज अर्याल ‘निश्चल’
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x