प्रेम ओली ढकलपुरेसंविधान चाहिन्छ
हजुरबा
मलाई पनि संविधान चाहिन्छ
तर भन्नुस् त हजुरबा
यो संविधान बने के के पाइन्छ ?
के पेटभरी भात खान पाइन्छ ?
म पनि स्कुल जाने
के स्कुल जान पनि पाइन्छ ?
म पनि पारी नरे दाइले जस्तो विदेश जाने
के सित्तैँमा पासपोर्ट पनि बनाउन पाइन्छ ?
भन्नुस् न हजुर बा
यो संविधान बने के के पाइन्छ ?
यो संविधान भनेको के हजुरबा ?
यो कहाँ किन्न पाइन्छ ?
कालापारबाट आउने हो कि
लाहुरबाट आउने हो ?
के खासाबाट ल्याउने हो ?
सबैले आउँछ आउँछ भन्छन्
भन्नुस् न हजुरबा
यो कहिलेसम्म आउने हो ?
दशैंमा लाउने नाना छैन
हाम्रो घरको छाना छैन
के यो सब पाइन्छ ?
त्यसो भए हजुर
मलाई संविधान छिटै चाहिन्छ ।
दाङ, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































