साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साग खोज्नेहरू

Nepal Telecom ad

धेरै देखें नेपालमा, भाग खोज्नेहरू
बाँझो राखी करेसो, साग खोज्नेहरू ।

धुरीमा आगो लगाई पिंडालु पोल्छु भनि
आफ्नै घर जलाउन, चिराग खोज्नेहरू ।

बाघ खोज्ने धेरै छन, छाला बेच्न भनि
भेटिंदैनन् कोमल मनका, बाग खोज्नेहरू ।

लुटेरा र तस्करको हुकुमत चल्छ यहाँ
सकृय छन् गैंडा मारि, खाग खोज्नेहरू ।

जस्को शक्ति उस्कै भक्ति, म सोच्न वाध्य हुन्छु
छैनन् कि त कोही पनि, दिमाग खोज्नेहरू ।

धेरै देखें नेपालमा, भाग खोज्नेहरू
बाँझो राखी करेसो, साग खोज्नेहरू ।
नाङ्लेभारे– ५, काठमाडौं
हाल : युएइ, दुबई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अर्कै अर्कै कुरा

अर्कै अर्कै कुरा

साधुराम कोमलनाथ रिमाल
0
Would love your thoughts, please comment.x
()
x