साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एघार थान हाइकु

Nepal Telecom ad

आगो झोसेछु
पहिले उता सल्क्यो
अहिले यता ।

अब के गरुँ
न भो जङ्गलमा मङ्गल
न सहरैमा ।

पुग्दै पुगेन
यी भ्यागुताको धार्नी
अब के गर्नी

जल तरङ्ग
केके पुगेन केके
जाहान भरङ्ग ।

यो नि भएन
के गरे हुने हो खै
त्यो नि भएन ।

दुई जोईको
पोइ जस्तो भयो है
संविधान सभा ।

आओस् संविधान
नाच्दै गाउँदै बजाम्दै
आओस संविधान ।

भो गर्भाधान
बनेन खै संविधान
काटौँ बरु धान ।

तातो पानीमा
बल्दो रातो अगुल्टो
चोब्दा छ्वाइँय ।

देशै चलेन
विदेशमा डलर
फल्दै फलेन ।

अङ्गुर फलेछ
कागतीको बोटमा
संविधान सभा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविजी

कविजी

डा. कपिल लामिछाने
सावित्री

सावित्री

डा. कपिल लामिछाने
जेनजीको छाता

जेनजीको छाता

डा. कपिल लामिछाने
समर्थनकाे ‘बदनाम आँचल’ : हास्य र व्यङ्ग्यको पुरिया

समर्थनकाे ‘बदनाम आँचल’ :...

डा. कपिल लामिछाने
डम्बर घिमिरे : मुक्तक, हास्य र व्यङ्ग्यको त्रिवेणी

डम्बर घिमिरे : मुक्तक,...

डा. कपिल लामिछाने
दाँत

दाँत

डा. कपिल लामिछाने
0
Would love your thoughts, please comment.x
()
x