चूडामणि रेग्मीस्वाँठले के जानोस् !
१. अवसर कस्तो मिठो ! लठुवा के जानोस् !
रसिलाको मूल्य के छ ? स्वाँठले के जानोस् !
२. कति सत्ता फेरिएर कुन कुन आए ?
हामी जुका जिउँदै छौँ ! भुसुनो के जानोस् !
३. लुरे पछि जो त लाग्छ लुरे हुन्छ त्यो त !
दुले चोर डाका हुन्छ ? छुसी त्यो के जानोस् !
४. साम दान दण्ड भेद अघि वढ जिन्दावाद !
झोला वोकी हिंड्ने झोले सुदामा के जानोस् !
५. ‘सट्टा पट्टा’ कस्तो कस्तो अपूर्वको खेल !
‘भुस’ ‘हुस्सु’ भएको छ रहस्य के जानोस्
६. म त त्यागी गीतावादी ! पूर्व माक्र्सवादी !
कस्तो राम्रो इतिहास ! मख्खले के जानोस् !
७. कति क्रान्ति ! कति नारा ! कति हडताल !
आँखा छ नि नहेर्नेले कहिले के जानोस् !
८. ’नयाँ अरे नेपाल’ मा ‘अच्छे दिन’ उता !
हल्ला हावा खाई वाँच्ने अल्छेले के जानोस् !
झर्रो नेपाली घर, चन्द्रगढी झापा
Subscribe
Login
0 Comments
Oldest







































