प्रेम ओली ढकलपुरेधुन्दुकारी
हामीलाई लाग्यो
उनीहरू
देशमा क्रान्ति ल्याउन
देशको कान्ति ल्याउन
साँच्चैका क्रान्तिकारी बनेर
देशमा पसे होलान्
तर आज
देस टुक्रयाउने कुरा सुन्दा
लाग्छ
प्रान्तकारी पसे जस्तो छ
देशमा विकास आउला
देशमा खुशी छाउला
भनिएको त
धुन्दुकारी पो बसे जस्तो छ ।
हेर्दा हर्दै देश झन
भुमरिमा फसे जस्तो
हिजो भन्दा आज झन
देश थला परी बसे जस्तो छ
अझ धुन्दुकारीहरू
जनताको नाम लिँदै
कमाउने धन्दामा पसे जस्तो छ
अब
यी धुन्दुकारीहरूलाई
धुवाँको मुस्लो फालेर
अरिङ्गाललाई झैं भगाउनु पर्छ
आगोको मुस्लो बालेर
मकै खाने भालुलाई झैं
पुच्छरमा आगो लगाउनु पर्छ
चारपाटा मुडेर
डाँडो नै कटाउनु पर्छ ।
दाङ, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































