साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लबस्तरो लोडसेडिङ

Nepal Telecom ad

जर्बुटेकी जन्तरी आमैलाई साँच्चिकै जङ चलेछ । उनले उहिले बज्यैका पालादेखि अहिले पनातिका पालासम्मको बुहार्तन बेहोरिन् । तैपनि आमैका घरको झत्ते धन्दा कहिल्यै फत्ते भएन ।
“बजैका सेखपछि त देखा जाएगा” भन्थिन् बुढी अरूसँग, बजै बित्या पनि बाह्र बर्ख बित्यो तर आमैको बेथा जस्ताको तस्तै, बज्यै बितेपछि झन् बाबै निक्ले बज्यैका पनि बराजु । आमै, रिमरिममै डोकोनाम्लो च्यापेर ठोव्रmेभिरतिर लाग्थिन् । वनै विरहमय बनाउँदै हाक्पारे गाउँथिन्–
“गाई चराउनीमा रामरउस हुन्न नि हाउ मन डराउनीमा…………”
चुईंचुईं चुइँक्याउँदै ल्याएर चौगारोमा घाँसको भारी पछार्थिन् । भड्डु ख¥याकखुरुक पारेर अमिलो मोइसँग मुख मिठ्याईमिठ्याई रहलपहल ढिँडो लुँड्याउँथिन् । आमैले जति नै भुर्महत्ते गरे पनि बाबै बाँचिन्जेल बाबैको अन्भार सँधै हान्ने गोरुको झैँ भइरह्यो ।
अति नै भएपछि, आमैलाई अन्तै कतै गएर बुढेसकालमा मन बहलाउन मन लाग्यो । आमैले मनमनै अनगन्ती आनन्दित यात्रा तय गरिन् । तर अन्तमा “पशुपतिको जात्रा सिद्राको व्यापार” भनेझैँ नेपाल जाने निधो गरिन् । नेपालाँ उनकी आफ्नै जेठी दिदीकी जेठानीकी छोरी चमेरीको डेरा पनि छ । फेरि उता स’राँ त दिनरात एकछत्त हुन्छ र रामरउस पनि कति हो कति हुन्छ भन्थे । नत्र त गाउँमा सनक चलाउनेदेखि दनक लगाउनेसम्म र सम्पत्तिका मालिकदेखि विपत्तिका सालिकसम्म सबै किन कुद्थे त सहराँ ?
सहर जाने रहरमा आमैले आफ्नो बन्दोबस्त गर्न थालिन् । भन्नेले त “नजाऊ आमै बुढेस कालमा बिजोक हुन्छ” भन्याथे । तर आमैले, “भन्नेले भन्दै गरून् न” भनेर “भ्वाङ पर्दैन तातो पानीले घर डढ्दैन”, “आफ्नो व्यथा अरूलाई के थाहा” भन्दै पोकोपन्तुरो काखी च्यापेर लागिन् बाटो ।
नेपालको रहनसहन उनलाई निक्कै नौलो लाग्यो । अनेकौँ देवीदेवताको दर्शन गर्ने धोको बोकेर आएकी आमै । एकाबिहानै भगवान् नारायणको दर्शन गर्ने सुरमा लागिन् नारनथानतिर । बाटामा जाँगे लगाएका एकजोर ठिटी पत्रिकाका पाना पल्टाउँदै मस्कीमस्की मज्जाले गफिँदै थिए । आमैलाई अनौठो लाग्यो र भेटी साट्ने निहुँले ठिटीका छेवैमा गइन् । एउटीले भनी– “यी देखिस् लोडसेडिङले गर्दा गर्भवती ह्वात्तै बढेछन् ।” आमै परिन् छक्क । हे दैव ! गर्भवती पनि अब लोडसेडिङबाटै ?

आमै औधि आत्तिइन् । “हे भगवान् ! कलि व्याप्त भएपछि अनेक हुन्छ भन्थे, नभन्दै हो रै छ ।” आमैका मनमा लोडसेडिङ्गप्रति प्रतिकात्मक तर्कना चल्न थाले । “हैन यो लोडसेडिङले बिहे गरेका उम्मेदवार महिलालाई भेटे त ठिकै छ । बिहे नै नगरेका कलकलाउँदा नानीहरूलाई केही जानी भेट्यो भने के गति होला ? गर्भवती भएपछि त सन्तान पनि त जन्मेलान् अनि त्यसरी जन्मेका सन्तानका बाउको नाम के लेख्ने, नागरिकतामा ? कि यसरी लोडसेडिङ्गबाट जन्मेका सबै सन्तानका बाउको नाउ लोडसेडिङ्गै हुन्छ कि ? लौ न बा ! यसले त बित्याँसै पार्ने भयो । दुईटी ल्याएर उद्धारै गरेँ भन्दै फुर्ती लाउने गद्दारसिंह त बहुबिहेको मुद्दा खेप्तै छ भन्थे । एउटी स्वास्नी भैभै अर्की स्वास्नी ल्याउन नपाउने हाम्रो देशाँ खाने भो मोरो लोडसेडिङ्गले झ्यालखानाको हावा र कुहिने भो । लौ न नि ! फेरि त्यो मोराले मजस्ता हद नागेका, स्वामी स्वर्गे भएका र लोग्ने विदेश गएका जनानाहरूलाई चाहिँ भेटे के गर्ला ? उफ ! के यस्तो भुर्महत्ते आइलाग्ने भो यो स’राँ ।
मनभरि लोडसेडिङ्गको गम्भीर त्रास बोकेर आमै लमतन्न परेका नारनको दर्शन गर्दै थिइन् । उनका आँखा मन्दिरका कुनातिर कुदे । कुनामा खरानी घसेका, अगाडि त्रिशूल गाडेका, गेरु वस्त्रधारी खैरा दारीवाल बाबा बसेका थिए । आमै बज्जेर गइन् र बाबासँग बिन्ती बिसाइन्– “बाबाजी ? यो लबस्तरो लोडसेडिङ्ग कहाँ छ ? यो कहाँकहाँ र कहिलेकहिले आउँछ मर्जी होस् न ।” बाबाजीले तुरुन्तै जवाफ दिए । “यो त सबतिर छ आमा ! बाटो, दोबाटो, चौबाटो, गल्ली, चोक, मन्त्रालय, कार्यालय, घर, डेरा सबतिर ।” आमै अझ आत्तिइन् । “लौ न मा¥यो ? बाबाजी ? यो मन्दिर त पवित्र ठाउँ हो, त्यसैले यहाँ त छैन होला नि त्यो बेइजती मोरो ?” बाबाजी फेरि बोल्नुभयो– “किन नहुने आमा ? मन्दिर, मस्जिद, गुम्बा र मसानघाटमा समेत सबैतिर छ यो लोडसेडिङ्ग ।”

आमै अलमल्ल परिन् र मनमनै भनिन्— “यस्तो सर्वव्यापी रहेछ लोडसेडिङ्ग अनि किन मात्रै नबढुन् गर्भवती ? आमैलाई साह्रै असह्य भयो । दिनभर मन थिर भएन । साँझमा उही छोरी चमेरी मैनबत्तीको मधुरो उज्यालोमा साग केलाउन थाली । उसका भएका दुई भाइ छोराले महाभारत युद्ध सुरु गरे । मन साह्रै खटपट भयो र आमैले छोरीलाई पनि सोधिन् । “छोरी के यो लोडसेडिङ्ग यहाँ पनि छ ? छोरीले भनिन् “किन नहुनु नि आमा ? यहाँ त झन् दिनमा अठार घण्टा लोडसेडिङ्ग छ… ।” “आमै ! यसले त ठहरै मारिगो नि नानी ? ज्वाइँ पनि विदेशाँ, तँलाई यी भएकै दुईटा छोराले त यस्तो हैरान पार्दारान्, लोडसेडिङ्गदेखि जोगिनु है बाबै ? लबस्तराको ओखती छैन भन्छन् ।” “खै के जोगिनु र आमा ? यो हाम्रा बसको कुरो होइन क्यारे । हुन्न, चाहिँदैन, अब पुग्यो भनेर भएन के गर्नु र आमा बाध्य भएपछि ।
आमैको मन बेचैन भो । आँखाभरि आँसु टिल्पिल्याउँदै छोरीपट्टि पुलुक्क हेर्दै सोधिन्– “नानी हाम्रा पहाडमा त मोटरबाटो गाछैन, त्यस्ता विकटमा त यो लोडसेडिङ्ग जाँदैन होला नि । पहाडको त्यो पवित्रतालाई त बिटुल्याउँदैन होला नि हैन छोरी ?” “हो आमा हो पहाडमा त्यो अहिल्यै जाँदैन । आमाले त्यसको चिन्तै लिनुपर्दैन, गए पनि त्यो नातिपनातिका पालासम्ममा पुग्ला अहिलेलाई ढुक्क भए हुन्छ आमा ।
छोरी चमेरीका कुरा सुनेपछि आमैको अनुहारमा अलि उज्यालो आयो । उनले राति नै हत्तपत्त पोकोपन्तुरो कसिन् र लोडसेडिङ्गका डरले रातभरि जागै बसिन् । बिहान अरू ब्युँझनै पाथेनन् आमैले सपनामा पनि सहर नपस्ने बाचा गरिन् र आफ्नै गाउँको फिर्तीबाटो तताइन् ।हाल, काठमाडाैंं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भो लेख्दिन अब

भो लेख्दिन अब

हरिकला उप्रेती
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
0
Would love your thoughts, please comment.x
()
x