शालिग्राम अर्यालजाँडपानी
काला कैला पहेंला कति कति थिए खात खातै मिलेको
देखेकोथेँ पहिल्यै तर म त कहिल्यै थेन भट्टी छिरेको ।
आजै झ्वाँकी बनेरै किन किन छिरेँ सानीले चाल पाई
ल्याई ह्विस्की अगाडि तन तन पिएँ भित्र भित्रै डराई ।
आहा ! छिट्टै कसोरी अति सरसरी सर्सरायो सलक्कै
मेरो होसै हरायो अब सब भयो निल्छु जस्तो सलक्कै ।
तिम्रा कालै म हुँ लौ सब डन भुटेँ भन्न थालेँ कराई
लौ आ भन्दै लखेटी सब जन उठे जाँड सामू डराई ।
यौटा आई मुसार्यो हजुर बलियो हान्नु पर्छ खुँडाले
अर्को आई भनेको हरकत नभै निऊँ खोज्यो बुढाले ।
तेस्रो मुट्ठी कसेरै तरखर गरि पिट्न थाल्यो मलाई
छोड्यो छ्याङ्गै मलाई अनि जुनिभरी छोडिदेँ जाँडलाई ।
नलाङ, धादिङ
Subscribe
Login
0 Comments
Oldest








































