साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ब्रिफकेस

Nepal Telecom ad

भाइटिकाको दिन थियो । मन्त्रीज्यू बिहानैदेखि विदेशी ह्वीस्कीको ‘सुरुप’ लिँदै स्वदेशको बारेमा चिन्तन गर्दै थिए । आइमाई र केटाकेटीहरू चाडवाड भनेर भित्र बाहिर फ¥याक फुरुक गर्दै थिए ।

यत्तिकैमा एकजना खली ठेकेदार मन्त्रीज्यूको अफिस धाउनु साटो सोझै निवासमै आइपुगे । ठेकेदारले धनुष्टकार नमस्कार गरेपछि मन्त्रीले सोधे, कता पाल्नु भो ? मैले त चिनिन नि !

पहिले कपाल कन्याउँदै अनि हात मल्दै आगन्तुकले भने, हजुर म एवन कसट्रक्शन कम्पनीको मैजेजिङ् डाइरेक्टर ! हजुरको दर्शन गरौँ भनेर आको । ठूला बडालाई भेट्न जाँदा खाली हात जान हुन्न, भन्छन् । त्यसैले यति…. । भनेर ठेकेदारले एउटा स्यानो ब्रिफकेस देखाए ।

मन्त्रीज्यूले पहिले ब्रिफकेसतिर अनि पल्याकपुलुक चारैतिर हेरेर भने, हेर्नुस् मेरो सिद्धान्तले यस्तो गर्न मिल्दैन । मेरो पार्टीको अनुशासन र सिद्धान्त दुबैले मिल्दैन ।

ठेकेदारले दाँत ङ्च्यिाउँदै भने, उसो भए यो लगेर पार्टीलाई नै चन्दा भनेर दिउँ त ?

मन्त्रीले गम्भीर मुद्रा बाकसतिर हेर्दै भने, तपाईंलाई चुनाउ लड्नु छैन क्यारे ! किन पार्टीलाई चन्दा सन्दा दिनु प¥यो ! बरु यसो गर्नुस् न, आज भाइटीका पनि हो । मेरी श्रीमतीको दाजु–भाइ कोही छैनन् । तपाइँ उसैसित टीका थाप्नुस् । अनि आफ्नी दिदीलाई जे जे दिनु छ दिनुस् । तपाइँले मलाई साह्रै धर्मसंकटमा पार्नु भयो । यसो गर्दा धर्म पनि जोगिने, संकट पनि नभोगिने । भित्रैतिर पाल्नुस !

भोलिपल्टै ठेकेदारको टेण्डर स्वीकृत भएछ । मन्त्रीज्यूको त्यो टोलमा कोही नयाँ व्यक्ति व्रिफकेससाथ देखिँदा टोल छिमेकका आपसमा भन्दछन् रे, लौ सालो भेना खोज्न आयो ।

हाल, थानकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x