साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता आतङ्क

Nepal Telecom ad

टिभी हेर्यो नेता देखाउँछ,
रेडियो सुन्यो नेता कराउँछ
छापा सबले नेता पढाउँ छ,
जनमानसमा नेता छाउँछ ।

बुढो राति सुत्न डराउँछ
सपनामा त्यहि नेता आउँछ,
भाषण के के टन्न सुनाउँछ
ताली पिट्न पनि लगाउँछ,
“भोट दे भोट दे” भनि कराउँछ
नत्र देशै बन्द गराउँछ,
जान्ने–सक्ने सबै भगाउँ छ ।
सोझालाई सहिद बनाउँछ,
लास बोकेर शहर डुलाउँछ
सापनामा त्यही नेता आउँछ,
बुढो राति सुत्न डराउँछ !!

बालख स्कुल जान डराउँछ,
स्कुलमा त्यही नेता आउँछ
भाषण के के टन्न सुनाउँछ,
ताली पिट्न पनि लगाउँछ
छानी स्वाँठ आफ्नो बनाउँछ,
जुलुस जाउँ भनि बोलाउँछ
नत्र स्कुल बन्द गराउँछ,
नमानेमा आगो लगाउँछ
बालख स्कुल जान डराउँछ !
बुढो घरमा सुत्न डराउँछ !!

रोगी डाक्टर भेट्न डराउँछ,
अस्पतालमा नेता आउँछ
कार्यकर्ता डाक्टर बनाउँछ,
कुन इन्जेक्सन कता लगाउँछ
म्याद गुज्रेको ट्याब्लेट ल्याउँछ
औषधिमा टन्न कमाउँछ
रोगी डाक्टर भेट्न डराउँछ
बालख स्कुल जान डराउँछ !
बुढो घरमा सुत्न डराउँछ !!

लेखक साँचो लेख्न डराउँछ
विवेक मार्दै बिचार लुकाउँछ
नेता उसलाई झोला बोकाउँछ
सट्टामा केही पाउँछ कमाउँछ
अनि नेताको गुनगान गाउँछ
“नयाँ नेपाल नेता बनाउँछ”
लेखक साँचो लेख्न डराउँछ
रोगी डाक्टर भेट्न डराउँछ
बालख स्कुल जान डराउँछ !
बुढो घरमा सुत्न डराउँछ !!

पसले पसल खोल्न डराउँछ
चन्दा माग्न नेता आउँछ
अपहरण गर्छ धम्कि देखाउँछ
दुई चार गुण्डा साथ लेराउँछ
कुन मुद्दामा कता फसाउँछ
उद्योग ब्यापार बन्द गराउँछ
पसले पसल खोल्न डराउँछ
लेखक साँचो लेख्न डराउँछ ।
रोगी डाक्टर भेट्न डराउँछ
बालख स्कुल जान डराउँछ !
बुढो घरमा सुत्न डराउँछ !!

सब जनताको सातो हराउँछ
मुर्खदेखि दैव डराउँछ
विवेक बुद्धि भाडा कमाउँछ
चल्ता–फिर्ता लास कराउँछ
बुढो राति सुत्न डराउँछ
बालख स्कुल जान डराउँछ
रोगी औषधि खान डराउँछ
लेखक साँचो लेख्न डराउँछ
पसले पसल खोल्न डराउँछ
डरले सबको विवेक हराउँछ
लोभले नाटक गर्न लगाउँछ
नेताले अनि हुईयाँ लगाउँछ
जनता डरले हुइयाँ कराउँछ
मेरो नेता देश बनाउँछ !
मेरो नेता देश बनाउँछ !

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x